>

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

माघ १७ गते पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न !
आस्वा आहाको नाराले नल्लु-दलचोकी गुञ्जायमान !
माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
सहभागी हुन तपाईंलाई स्वागत छ !
===================
२०८२ माघ महिनाको तेस्रो शनिबार १७ गते प्रकृति प्रेमी समूह आस्वा आहा योग स्वाध्याय अभियानको आयोजनामा नल्लु पाथीभरा मन्दिरदेखि दलचोकी निरोग-आनन्दधामसम्म स्वस्थ पिकनिक हाइकिङ्ग आस्वा आहाको नारा गुञ्जाउन्दै उल्हासमे वातावरणमा सम्पन्न भयो ! सामान्यतया: पिकनिक भन्ने बित्तिक्कै धेरै चिल्लो, पीरो र मासुका परिकार र मादक पदार्थ खाने अवसरको रुपमा बुझ्ने चलन छ। तर माघ १७ गते भएको पिकनिक-हाइकिङ्ग आहार र उद्देश्यको हिसाबले विशेष रह्यो ! पिकनिकको उद्देश्य योग-स्वास्थ्यज्ञान बाँड्ने र खानाका परिकार शुद्ध साकाहारी स्वास्थ्यवर्द्धक खानाको व्यवहारिक नमुना प्रस्तुत गर्ने थियो। त्यस्तो खाना मिठो हुनाकासाथै शरीरलाई पनि भारी नबनाउने खालको हुन्छ ! चलनचल्तीका पिकनिकहरुमा उच्श्रिङ्खल गीतमा उच्श्रिङ्खल नाच नाच्ने गरिएको देखिन्छ।  माघ १७ को पिकनिक हाईकिङ्ग्मा ज्ञानवर्द्धक-स्वास्थ्यवर्द्धक गीतमा स्वस्थ ढंगले नाच्ने काम भयो। त्यति मात्र होइन स्वास्थ्यज्ञान बढाउने अन्तरक्रिया र अनुभव बाँडचुंड कार्यक्रम पनि रमाइलो वातावरणमा भयो। पहिलो पटक सहभागी भएका सहभागीहरु यस्तो स्वास्थ्यवर्द्धक र रमाइलो पनि पिकनिक हाइकिङ्ग हुँदोरहेछ भनी उत्साहित भए।
प्रकृति प्रेमी समुहले बेलाबेलामा यस्तो पिकनिक हाइकिङ्ग गर्दै आएको छ।  हरेक महिनाको दोस्रो र चौथो शनिबार नियमित हाईकिङ्ग पनि गर्दै आएको छ।  २०८२ माघ २४ गते चौथो शनिबार पनि रमाइलो गन्तव्य, भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग हुँदैछ। प्राकृतिक स्वास्थ्य चेतना फैलाउन सहयोग पुर्याउन गरिने मासिक हाइकिङ्ग्मा अहिलेसम्म हजारौं मानिस सहभागी भई आस्वा आहा स्वास्थ्यज्ञान हासिल गरी उचित आहार, विहार र विचार पालना गर्दै निरोगी जीवन आनन्दसँग यापन गरिरहेका छन्। सहभागी हुन तपाईंलाई स्वागत छ।

Magh 17 Picnic–Hiking Successfully Completed!

Aswa Aaha Echoes from Nallu to Dalchoki!

Magh 24: Hiking around Bhotechour Tea Garden! You’re Welcome!

On the third Saturday of the month of Magh 2082 (the 17th), a healthy picnic–hiking program was successfully conducted in a joyful atmosphere by the Nature Lovers Group under the Aswa Aaha Yoga Self-Study Campaign, from Nallu Pathibhara Temple to Dalchoki Nirog-Ananddham, with the slogan of Aswa Aaha echoing throughout.

Generally, picnics are understood as occasions to consume oily, spicy, meat-based foods and alcoholic beverages. However, the picnic–hiking held on Magh 17 was special in terms of both diet and purpose. The objective of the picnic was to share yoga and health knowledge and to present a practical example of pure vegetarian, health-promoting food. Such food is not only delicious but also does not make the body feel heavy.

In conventional picnics, it is often seen that people dance wildly to loud and unruly music. In contrast, during the Magh 17 picnic–hiking, participants danced in a healthy manner to informative and health-enhancing songs. Not only that, interactive sessions to increase health awareness and programs for sharing experiences were also conducted in a pleasant environment. First-time participants expressed their excitement, saying that they had never imagined a picnic–hiking could be both so health-promoting and enjoyable.

The Nature Lovers Group has been organizing such picnic–hiking programs from time to time. It also conducts regular hiking programs on the second and fourth Saturdays of every month. Accordingly, on Magh 24, the fourth Saturday of 2082 Magh, a hiking program will be held to the enjoyable destination of Bhotechour Tea Garden and its surrounding areas.

Through these monthly hiking programs aimed at spreading natural health awareness, thousands of people have participated so far, gained Aswa Aaha health knowledge, and are living healthy, disease-free lives with joy by following proper diet, lifestyle, and thinking.
You are welcome to participate.

 

 

तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================
चरा जति माथि उडे पनि चारा खान भूइं मै आउनु पर्छ !
मानिस
जति धनि भए पनि, जति ठूलो पदमा पुगे पनि,
जहाँ रहे पनि, जहाँ गए पनि, जहिले पनि,
स्वस्थ र आनन्दित रहन

 आफ्नो स्वास्थ्यको हेरविचार आफैले गर्नुपर्छ !

यसको लागि हरेकले स्वास्थ्यज्ञान (निरोग-आनन्दको रहस्य) जान्नुपर्छ।
यसैको लागि हो यो पुस्तक
“निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर आफै भएँ”
नेपालभर निशुल्क डेलिभरी ! धमाधम वितरण भैरहेको छ !
लिउँ, पढौं, बुझौं र आफ्नो पहिलो डाक्टर आफै बनौं !
स्वास्थ्यको मालिक बनौं, जीवनको मालिक हुन्छौ !
सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर

Have you taken it? Have you read it?

No matter how high a bird flies, it must come down to the ground to eat!
Similarly, no matter how wealthy a person becomes, no matter what high position they reach, wherever they are, or wherever they go,
to stay healthy and joyful, one must take care of their own health!
For this, everyone must know health knowledge (The Secret of Health and Joy).
That is the purpose of this book:
“The Secret of Health and Happiness: How I Became My Own Doctor”
It is being delivered across Nepal with free delivery charges!
Let’s take it, read it, understand it, and become our own first doctor!
“Master Your Health, Master Your Life!”
Contact: 01-5441991, Nirogdham, Satdobato, Lalitpur


More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !
राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us