>

प्रकृति प्रेमी समुहको पछिल्लो खबर 

प्रकृति प्रेमी समुहको पछिल्लो खबर 
=====================

१) २०८२ पौष १९ गते शनिबार आस्वा आहा उआविवि अन्तरक्रिया सम्पन्न !
२) २०८२ पौष २६ गते शनिबार २०१ औं मासिक आस्वा आहा हाइकिङ्ग कार्यक्रम सम्पन्न !
३) २०८२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु विविध रुपमा गरिने
============================================================
१) २०८२ पौष १९ गते महिनाको तेस्रो शनिबार प्रकृति प्रेमी समुहका नयाँ सदस्यहरुका लागि ललितपुर दलचोकी, निरोग-आनन्दधाममा एकदिने आस्वा आहा, उआविवि (आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन उचित आहार, विहार र विचारसम्बन्धि) अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। सो अन्तरक्रिया कार्यक्रममा संस्थाका संस्थापक आ. डा. उमेश श्रेष्ठले नयाँ सदस्यहरुलाई उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्यको हेरविचार आफै गर्ने विधी सरल तथा रोचक ढंगले प्रस्तुत गरी उत्प्रेरित र उत्साहित गर्नु भएको थियो। सहभागी सदस्यहरुलाई कार्यक्रममा उहाँले भन्नु भयो  :
“उचित आहार, विहार र विचार अपनाएर निरोगी र आनन्दित रहनु संसारमा सबैभन्दा सजिलो काम हो। उआविवि (उचित आहार, विहार र विचार) अपनाउने हो भने निरोगी हुन एक पैसा लाग्दैन, आनन्दित रहन पनि एक पैसा लाग्दैन। प्रकृतिको नियम पालना गर्ने हो भने स्वस्थ रहने काम संसारको सबैभन्दा सजिलो काम हो !”
हरेक महिनाको तेस्रो शनिबार नयाँ सदस्यहरुका लागि यस्तो कार्यक्रम हुने गरेको छ।

२) २०८२ पौष २६ गते शनिबार २०१ औं मासिक चौथो शनिबारे हाईकिङ्ग ललितपुर जिल्लाको नल्लु भन्ज्यांगदेखि लामीडाँडा, मानेडाँडा, देउराली, लेले मनाकामनासम्म करिब १२ किलोमिटर हाईकिङ्ग सम्पन्न भयो।  पौष २६ गते आकाश खुलेकोले लामीडाँडा–मानेडाँडाबाट उत्तरतिर लश्करै हिमाल हाँसेका थिए पश्चिमबाट पूर्वतिर क्रमश: अन्नपूर्ण, मनास्लु, गणेश, लांगटांग, शिसापाङ्ग्मा, रोल्वालिंग, गौरीशंकर आदि। पदमार्गबाट काठमाडौँ उपत्यका वरिपरिका हरिया डाँडाहरु, महाभारत पर्वत श्रिङ्ग्खला छर्लंगै देखिन्थ्यो। १८०० मिटरबाट शुरु भएको पदमार्ग २३०० मिटरसम्म उकालो र ठाडो ओरालो झरेपछि १५०० मिटरमा पुगेर टुंगिन्छ। पदमार्ग धेरै लामो नभए पनि ५०० मिटर उकालो र ८०० मिटर ठाडो ओरालो भएकोले एकदिने पदयात्राको भारी पुग्थ्यो।  लामीडाँडाको पुछारबाट लेले मनकामना नपुगेसम्म घना जंगल यस पदमार्गको विशेषता हो। पदमार्गको बीचमा कतै पनि घर वा पसल भेटिंदैन !
प्रकृति प्रेमी समुहको आस्वा आहा हाइकिङ्गमा मौसमी फलफूलको नास्ता र खाजा तथा मुख्य खाना तीन बराबर (एक भाग अन्न, साग र तरकारी दुइथरी गरि एक भाग र एक भाग सलाद खाने गरिन्छ।  २६ गतेको हाइकिङ्ग्मा निरोगधाम समयबजी, साधेको आलु, रायोको साग, ब्रोकाउलि, सिमी आदि मिश्रित ग्रेभी तरकारी, उसिनेर साँधेको चना, प्राकृतिक लालमोहन, स्याउको सलादसहित मुख्य खाना हाईकिङ्ग प्रकृति प्रेमी हाइकिङ्ग टोलीले खाएका थिए।  प्रकृति प्रेमी समुहले हाइकिङ्गको लागि हाइकिङ्ग गर्दैन, आस्वा आहा उआविवि चेतना फैलाउन, स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हाइकिङ्ग गर्ने गर्छ।  यसैले आहार मात्र स्वास्थ्यवर्द्धक होइन आस्वा आहाको मन्त्र गुन्जाउँदै हाइकिङ्ग गर्छ। २६ गते पदमार्ग आस्वा आहाको मन्त्रले गुन्जायमान भएको थियो !
हाइकिङ्ग् बीचमा छोटो ज्ञानवर्द्धक “आस्वा आहा अन्तरक्रिया” पनि गरिन्छ। २६ गते हाइकिङ्ग कार्यक्रमका संयोजक, प्रकृति प्रेमी समुहका सचिव रामदेवी महर्जनले ज्ञानवर्द्धक अन्तरक्रिया संचालन गर्नु भएको थियो भने सहभागीहरुले अनुभव बाँड्नु भएको थियो।  सो कार्यक्रममा प्रकृति प्रेमी समुहका उपाध्यक्ष यशोदा दाहाल, कार्यसमिति सदस्य तेजराम महर्जन प्रकृति प्रेमी समुहका जेष्ठतम आजीवन सदस्य ८१ वर्षका कृष्णसुदन महर्जनले स्वयंसेवकको रुपमा पदयात्री मित्रहरुलाई सहयोग गर्नु भएको थियो। वरिष्ठ पत्रकार अमृत भादगाउंलेले पदयात्रीहरुसँग रोचक कुराकानी गर्दै, फोटो सेसन गर्दै  पदयात्रीहरुलाई रोमान्चित गर्नुभएको थियो।
अर्को रमाईलो पदयात्रा माघ महिनाको दोस्रो शनिबार अर्को रमाइलो ठाउँमा हुनेछ, उत्साहपूर्वक प्रतीक्षा गर्नु होला।
====================================================================
राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु
========================================
३) २०८२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु विविध रुपमा गर्ने योजना प्रकृति प्रेमी समुहले गरेको छ :—
१) माघ १ गते देखि साप्ताहिक रुपमा हरेक दिन आ-आफ्नो  योग-व्यायाम स्वध्यायशालामा नियमित योग-अभ्यासकासाथै  स्थानीय स्थितिअनुसार राष्ट्रिय योग दिवसको छोटो कार्यक्रम गरी मनाउने।
२) २०८२ माघ ३ गते योग चेतना अभिवृद्धि गर्न शनिबार बिहान ६ बजेदेखि ३-४ घन्टाको प्रभातफेरी  पदयात्रा निरोगधाम सातदोबाटोदेखि ताल्छिखेल, नखिपोट, नख्खु, छ्यासिकोट, खोकना, कार्यविनायक, बुङ्गमति, नख्खु खोला, कुलोबाटो, नखिपोट, टुटेपानी, निरोगधामसम्म पदयात्रा गर्ने भएको छ।
३) माघ १२ गते राष्ट्रिय योग दिवस वहुदिने कार्यक्रमअन्तर्गत ललितपुर जिल्ला, कोंज्योसोम गाउँपालिका, वडा नं. ३ दलचोकी स्थित गोठ भन्ज्याङ्ग मा. वि. का शिक्षक तथा विद्यार्थिहरुका  लागि योग चेतनावर्द्धक कार्यक्रम निरोग- आनन्दधाम दलचोकीमा गर्ने।
४) माघ १७ गते शनिबार राष्ट्रिय योग दिवस वहुदिवसीय कार्यक्रमअन्तर्गत आस्वा आहा योग स्वाध्यायार्थीहरु तथा ईच्छुक योग शुभेच्छुकहरुका लागि “पिकनिक हाइकिङ्ग” आयोजना गर्ने योजना गरिएको छ।  सो “पिकनिक हाइकिङ्ग” ललितपुर जिल्ला कोंज्योसोम गाउँपालिका वडा नं. ४ नल्लु खोलादेखि नल्लु पाथीभरा मन्दिर र त्यहांबाट सिरुडाँडा, गोठ भन्ज्यांग, मनकामना, निरोग-आनन्दधामसम्म हाइकिङ्ग गर्ने र निरोग-आनन्दधाममा भोजन गरी “पिकनिकका स्वास्थ्यवर्द्धक रमणीय कार्यक्रमहरु” गरिनेछ। 

तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================
घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै बनाउने पुस्तक !!
“निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?”
नेपालभर निशुल्क डेलिभरी !
धमाधम वितरण भैरहेको छ !
सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर
१,२०० पृष्ठकाे यो पुस्तककाे  मूल्य रु २,५००/- (दुईहजार पाँचसय मात्र) हाे । पुस्तक लिन चाहने मित्रहरुले प्रकृति प्रेमी समूहकाे एनआइसी एशिया बैंक, सातदाेबाटाे शाखामा रहेकाे चल्ति खाता नं. 4141235997524003 मा प्रति पुस्तक रु. २,५००/- जम्मा गरी भाैचर प्रकृति प्रेमी समुहको https://www.facebook.com/prakritipremee.samuha मेसेन्जरमा वा ईमेल nirogsootra@gmail.com मा मेसेज गर्नुहुन अनुराेध छ । रकम जम्मा भएपछि नेपालभर घरसम्मै डेलिभरी गरिनेछ । भौचरमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्न नबिर्सनु हुन पनि अनुरोध छ। सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर ।

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us