
प्रकृति प्रेमी समुहको पछिल्लो खबर !
१) २०८२ मंसिर २० गते
आस्वा आहा, उआविवि अन्तरक्रिया कार्यक्रम सम्पन्न !
================================
प्रकृति प्रेमी समूह, नयाँ निराेगधाम सदस्यहरुका लागि उचित आहार, विहार र विचार अपनाई सदा निराेगी, आनन्दित र स्वतन्त्र रहन सहयाेग पुर्याउन २०८२ मंसिर २० गते, महिनाकाे तेस्राे शनिबार, एकदिने प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम ललितपुर जिल्ला, काेञ्ज्याेसम गाउँपालिका, ३ नं. वडा दलचाेकीस्थित निराेग-आनन्दधाममा सम्पन्न भयाे । साे कार्यक्रममा सहभागी सदस्यहरुले सक्रियतापूर्वक अन्तरक्रिया गर्नु भएकाे थियाे । संस्थाका संस्थापक आ.डा. उमेश श्रेष्ठले उचित आहार, विहार र विचार तथा वैज्ञानिक रेकीबारे प्रशिक्षण सहजीकरण गर्नु भएकाे थियाे । संस्थाका नयाँ सदस्यहरुलाई यस कार्यक्रममा निशुल्क सहभागी हुन पाउने व्यवस्था छ । साथै त्यस दिनकाे खाना, खाजा र सातदाेबाटाे निराेगधामदेखि निराेग-आनन्दधाम दलचाेकीसम्म जान-आउन पनि कुनै शुल्क बुझाउनु पर्दैन । याे कार्यक्रम हरेक महिनाकाे तेस्राे शनिबार हुने गरेकाे छ ।


२०८२ मंसिर २६-२७ गते
आनन्दमय सप्ताहन्त (Weekened) कार्यक्रम सम्पन्न !
==================================
२०८२ मंसिर २६ र २७ गते (शुक्रबार र शनिबार) सदस्यहरुका लागि प्रकृति प्रेमी समूहकाे शितल निवास, “आस्वा आहा, उआविवि, साँचाे ध्यान स्वाध्याय आश्रम” निराेग-आनन्दधाम, दलचाेकीमा दुई दिने “आनन्दमय सप्ताहन्त (Weekened) कार्यक्रम” रमाइलाेसँग सम्पन्न भयाे । हप्ताकाे अन्तमा शुक्रबार अपरान्हदेखि शनिबार साँझसम्म हुने यस कार्यक्रममा साँगितिक तथा आस्वा आहा अन्तरक्रिया कार्यक्रम अनि याेग-व्यायाम तथा हाइकिंग पनि हुन्छ । यस कार्यक्रममा सहभागिहरुका लागि निराेग-आनन्दधाम पुग्नासाथ स्वागतमा राेजमेरी चिया र निराेगधाम केक प्रस्तुत गरिन्छ । दुईदेखि तीन छाक स्वस्थकर शुद्ध शाकाहारी उचित आहार सेट (खाना खाजा) साथै बिहान राेजमेरी/मिन्ट चिया पनि व्यवस्था हुन्छ । यस कार्यक्रमबाट सदस्यहरुले उचित आहार-विहारसँगै रमाइलाे सप्ताहन्त बिताउने अवसर पाउँछन् । यस्ताे कार्यक्रम हरेक हप्ता हुन्छ, सहभागी हुन अनुकूल भए हरेक सदस्य सहभागी हुन सक्छन् ।
यसकाे अलावा आफूलाई पायक परेकाे बेलामा आई निराेग-आनन्दधाममा बस्ने, खाने र आफ्नै याेजनामा घुमघाम, हाइकिङ, ट्रेकिङ, याेग-व्यायाम, उचित आहार, विहार, विचार स्वाध्याय गर्न पाउने व्यवस्था पनि छ । यसकाे लागि संस्थाकाे कार्यालय निराेगधाम सातदाेबाटाेमा सम्पर्क र समन्वय गर्नुपर्छ ।


२०८२ मंसिर २७
२०० ओैं मासिक चाैथाे शनिबारे हाइकिङ सम्पन्न !
===============================
उचित स्वास्थ्यज्ञान प्रचारप्रसार तथा स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयाेग पुर्याउन प्रक्रिति प्रेमी समूहले २०६३ सालदेखि नियमित रुपमा चाैथाे शनिबार काठमाडाैं उपत्यका वरिपरि हाइकिङ कार्यक्रम संचालन गर्दै आइरहेकाे छ । केही असामान्य परिस्थितिमाबाहेक हरेक महिनाकाे चाैथाे शनिबार नियिमत हुँदै आएको यस कार्यक्रमको २०० औं शृंखला २०८२ मङ्सिर २७ गते तीनपाने भन्ज्यांग — भट्टेडाँडा राडर टावर — पार्क टावर – खुर्सानी बारी — निरोग-आनन्दधाम —दलचोकी टावर – मनकामना- निरोग-आनन्दधाम क्षेत्रमा सम्पन्न भयो।










