>

२०८२ चैत्र १३, १४ र १५ गते पञ्चासे ट्रेकिङ

२०८२ चैत्र १३, १४, १५ गते पञ्चासे ट्रेकिङ

विगत २५ वर्षदेखि प्राकृतिक स्वास्थ्य चेतना तथा स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रम संचालन गर्दै आएको सामाजिक परोपकारी संस्था प्रकृति प्रेमी समुहले २०८२ चैत्र १३१४  १५ गते ३ दिने स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कास्की जिल्लाको पञ्चासे क्षेत्रमा ट्रेक्किंग कार्यक्रम गर्ने भएको छ। यस कार्यक्रममा सहभागी हुन ईच्छुक प्रकृति प्रेमी समुहका सदस्य तथा अन्य प्रकृति प्रेमी मित्रहरुले २०८२ चैत्र ८ गतेभित्र नाम दर्ता गर्नु हुन अनुरोध छ। पहिला आउनेलाई प्राथमिकता ।

पञ्चासे ट्रेक्किंगका मुख्य विशेषता यस प्रकार छन् :

१. उचाइ र दृश्य

पञ्चासे डाँडाको अधिकतम उचाइ समुद्री सतहबाट करिब २,५१७ मिटर छ। यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु, माछापुच्छ्रे र लमजुङ हिमालको अत्यन्तै मनमोहक “प्यानाेराेमिक” दृश्य देखिन्छ। विशेषगरी सूर्योदय र सूर्यास्तको दृश्य यहाँबाट लोभलाग्दो हुन्छ।

२. जैविक विविधता र वातावरण

पञ्चासे क्षेत्र जैविक विविधताले निकै धनी छ। यहाँ विभिन्न प्रजातिका लालीगुराँस, सुनाखरी (Orchids) र चराचुरुङ्गीहरू पाइन्छन्। यो क्षेत्र अलि शान्त र हरियालीले भरिपूर्ण भएकाले प्रकृति प्रेमीहरूका लागि यो एक उत्कृष्ट गन्तव्य हो।

३. धार्मिक र सांस्कृतिक महत्त्व

पञ्चासेको टुप्पोमा पञ्चासे धाम रहेको छ, जहाँ सिद्ध बाबाको मन्दिर, होम कुण्ड र एउटा सानो ताल पनि छ। बालाचतुर्दशी जस्ता पर्वहरूमा यहाँ ठुलो मेला लाग्ने गर्दछ। स्थानीय गुरुङ र मगर समुदायको संस्कृति र जीवनशैली नजिकबाट बुझ्न पनि यो पदयात्रा सहयोगी हुन्छ।

सम्पर्क फोन : ०१ ५४४१९९१ (प्रकृति प्रेमी समुह, निरोगधाम) 
समय : बिहान १० बजेदेखि साँझ ५ बजेभित्र 
स्थान : प्रकृति प्रेमी समूह, निरोगधाम, सातदोबाटो, ललितपुर। 
कार्यालय खुल्ने दिन : आइतबारदेखि शुक्रबार १०-५ बजे
-------------------------------------------------------------------------------------------------------------------
७ दिने "दिशा बदले दसा सप्रिन्छ, साँचाे ध्यान शिविर"
कार्यक्रममा सहभागी हुन २०८२ चैत्र १० गते भित्र नाम दर्ता गर्नुहुन अनुराेध छ ।
==============================================

दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !

विगत २५ वर्षदेखि जनतालाई निरोग-आनन्दित रहन उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन प्रेरित र सहयोग गर्दै आएको सामाजिक परोपकारी संस्था प्रकृति प्रेमी समुहले आफ्ना सदस्यहरुलाई उचित आहार, विहार र विचारको व्यवहारिक अभ्यास गर्न ७ दिने विशेष कार्यक्रम “दिशा बदले दसा सप्रिन्छ, सातदिने ध्यान शिविर” निरोग-आनन्दधाम, दलचोकी, ललितपुरमा २०८२ चैत्र १६ देखि २३ गतेसम्म गर्ने भएको छ। सहभागी हुन ईच्छुक सदस्यहरुले २०८२ चैत्र १० गतेभित्र नाम दर्ता गर्नुहुन अनुरोध छ।

प्रकृति प्रेमी समुहको सदस्य भैनसकेकाले यथाशिघ्र सदस्य भई सहभागी हुन सकिन्छ।

सम्पर्क फोन : ०१ ५४४१९९१ (प्रकृति प्रेमी समुह, निरोगधाम)
समय : बिहान १० बजेदेखि साँझ ५ बजेभित्र
स्थान : प्रकृति प्रेमी समूह, निरोगधाम, सातदोबाटो, ललितपुर।
कार्यालय खुल्ने दिन : आइतबारदेखि शुक्रबार १०-५ बजे

More Blogs

दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !
२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us