>

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १२
=========
योग दिवस वहुदिवसीय कार्यक्रमअन्तर्गत प्रकृति प्रेमी समूह, आस्वा आहा योग स्वाध्याय अभियानबाट २०८२ माघ १२ गते ललितपुर, कोंज्योसम गाउँपालिका वडा नं. ३ दलचोकीस्थित गोठभन्ज्यांग मा. वि. का गुरु वर्ग र विद्यार्थीहरुका लागि योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न भयो।  प्रकृति प्रेमी समुहका संस्थापक आ. डा. उमेश श्रेष्ठले योगको अर्थ र उद्देश्य स्पष्ट गरी सहजीकरण गर्नु भएको सो कार्यक्रममा आस्वा आहा योग स्वाध्याय अभियानका अभियन्ता शेरबहादुर महर्जन, सीता महर्जन,  रत्नबहादुर महर्जन, रबीन महर्जन र सीबन महर्जनले योग-व्यायाम डेमो प्रदर्शन गरी गुरु वर्ग र विद्यार्थीहरुलाई अभ्यास गर्न सहयोग गर्नु भएको थियो।
सो कार्यक्रममा कोंज्योसम गा. पा. ३ नं. वडा अध्यक्ष तिलकबहादुर भोम्जन अतिथिका रुपमा सहभागी भई विद्यार्थीहरुलाई प्रस्तुत विषय जिज्ञाशापूर्वक सिक्न र स्वास्थ्यलाई प्राथमिकता दिन प्रेरित गर्नु भएको थियो। गोठभन्ज्यांग मा. वि. का प्रधान अध्यापक गंगाराम मगरको संयोजनमा सहभागी गुरु वर्ग र विद्यार्थीहरु कार्यक्रममा अभिरुचीपूर्वक सहभागी हुनु भएको थियो। सो कार्यक्रममा योग-स्वास्थ्य चेतनामूलक गीत र नृत्यमा पनि सक्रिय सहभागी हुनु भएको थियो ।  सो विद्यालयमा योग-स्वास्थ्य चेतनामूलक कार्यक्रम निरन्तर संचालन गर्न प्रकृति प्रेमी समुहले सहयोग गर्ने प्रस्ताव विद्यालय संचालन-व्यवस्थापन समक्ष गरेको छ।

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !
राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us