>

अमृत भोजन कक्षबाट उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)

आस्वा आहा उआविवि अभियान ! निरोग-आनन्द र स्वतन्त्रताको जन-अभियान !

Other Activities

आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !
आस्वा आहा हाइकिंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा ट्रेक्किंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम
दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम
निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ? (वितरण अभियान !)
निरोग– आनन्दधाम— निर्माण/सञ्चालन, प्रवर्द्धन अभियान !
मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम
एकदिने आस्वा आहा तथा वैज्ञानिक रेकी अन्तर्क्रिया/स्वाध्याय कार्यक्रम
१२ जोड ४ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम

स्थान: उआविविसा (उचित आहार, विहार र विचार सामग्री) प्रदर्शन कक्ष, अमृत भोजन कक्ष, सातदोबाटो

उद्देश्य:
प्रकृत्ति प्रेमी समूहले उचित आहार र स्वस्थ जीवनशैलीको महत्व जनसमुदायसम्म पुर्‍याउने उद्देश्यले उआविविसा प्रदर्शन कक्ष र अमृत भोजन कक्ष सञ्चालन गरेको छ। यस कार्यक्रमले उचित आहार, विहार र विचारसम्बन्धि सामाग्री प्रदर्शन गर्नुका साथै सदस्य तथा शुभचिन्तकहरुका लागि उआविविसा अवलोकन गर्ने, रसास्वादन गर्ने तथा प्राप्त गर्ने अवसर प्रदान गर्दछ। आहारसम्बन्धी वैज्ञानिक ज्ञान, पोषण जानकारी र व्यवहारिक अभ्यासमार्फत् स्वास्थ्यपूर्ण जीवनशैली अपनाउन प्रोत्साहित गर्छ।

कार्यक्रमका प्रमुख लक्ष्यहरू:

  • सार्वजनिक शिक्षा: आहार र पोषणसम्बन्धी सही जानकारी उपलब्ध गराउने।

  • व्यावहारिक अनुभव: प्राकृतिक, सन्तुलित र स्वास्थ्यपूर्ण उचित भोजन तयार गर्ने र चाख्ने अवसर।

  • स्वस्थ जीवनशैली प्रवर्द्धन: उचित आहार, विहार र विचारसँग सम्बन्धित व्यावहारिक ज्ञान दिनु।

  • समुदायसँग अन्तर्क्रिया: आगन्तुकहरूको स्वास्थ्य सम्बन्धी प्रश्नोत्तर र मैत्रीपूर्ण परामर्श।

कार्यक्रमका विशेषताहरू:

  • उचित आहार प्रदर्शनी: पौष्टिक भोजन, पोषणयुक्त सामग्री र आहार योजना प्रदर्शन।

  • प्रदर्शन कक्ष कार्यशाला: आगन्तुकहरूलाई आहार तयार गर्ने, पोषण मूल्य बुझ्ने र व्यवहारिक अभ्यास गर्ने अवसर।

  • स्वास्थ्य ज्ञान प्रसार: स्वास्थ्य र पोषणसम्बन्धी पर्चा, ब्रोसुर र डिजिटल सामग्री वितरण।

  • सामूहिक सहभागिता: आगन्तुकलाई सक्रिय रूपमा सहभागी गराएर आहार र जीवनशैली सुधारमा प्रेरित गर्नु।

अपेक्षित लाभ:

  • समाजमा स्वास्थ्यपूर्ण आहार अपनाउने चेतना फैलाउने।

  • व्यक्तिगत स्वास्थ्य सुधारमा योगदान पुर्‍याउने।

  • सामुदायिक स्वास्थ्य ज्ञानमा वृद्धि।

  • दीर्घकालीन पोषण र स्वस्थ जीवनशैली प्रवर्द्धन।

यस कार्यक्रमले सार्वजनिक स्वास्थ्य सुधार र पोषण शिक्षा को माध्यमबाट समाजमा निरोगी जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ।

Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us