>

मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम

आस्वा आहा उआविवि अभियान ! निरोग-आनन्द र स्वतन्त्रताको जन-अभियान !

Other Activities

आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !
आस्वा आहा हाइकिंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा ट्रेक्किंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम
दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम
निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ? (वितरण अभियान !)
निरोग– आनन्दधाम— निर्माण/सञ्चालन, प्रवर्द्धन अभियान !
एकदिने आस्वा आहा तथा वैज्ञानिक रेकी अन्तर्क्रिया/स्वाध्याय कार्यक्रम
अमृत भोजन कक्षबाट उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)
१२ जोड ४ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम

मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना अभियान
Awareness Program for State Restructuring From Human View-Point.
================================================
देशलाई राम्राे बनाउन, समाजलाई स्वस्थ बनाउन,
नक्कल गरेर हुँदैन, दिमागको ढोका खोल्नुपर्छ !
गुनासो गरेर हुँदैन, आफ्नो पनि भूमिका हुन्छ !
हेराैं, सुनाैं र विचार गराैं ! कुरा बुझ्ने काम गराैं !
देशलाई राम्राे बनाउने, समाजलाई स्वस्थ बनाउने,
आफ्नाे नागरिक दायित्त्व पालना गराैं !
=====================
हामीले चाहे पनि, नचाहे पनि, देशमा प्रचलित राज्य व्यवस्था र राजनीतिले हाम्रो सुविधा र असुविधामा प्रभाव पर्छ। देशमा राजनीति र राज्य व्यवस्था गलत भयो भने देशमा राज्यका अगुवा, कार्यकर्ता, पदाधिकारीहरु बीचको सम्बन्ध द्वेष, ईर्ष्या, प्रतिस्पर्धा, छलकपट, तिकडम, प्रतिशोध अनि संधै झगडाले ग्रस्त हुन्छ। त्यसको असरले सम्पूर्ण जनतामा पनि यस्तै सम्बन्ध हावी हुन्छ जसले गर्दा देशका सम्पूर्ण नागरिकहरुले त्यसको कुप्रभावले सिर्जित अनावस्यक असुविधा तथा रोग र दु:ख भोग्नुपर्ने हुन्छ। समाजनै रोग-दु:खमय हुन्छ। त्यसैले देशमा उचित राज्य व्यवस्था र राजनीति स्थापित हुनु सबैको हितमा हुन्छ।
उचित राज्य व्यवस्था र राजनीति स्थापित भयो भने देशका सम्पूर्ण नागरिकहरु बीच मैत्रीपूर्ण, सहयोगी, शान्तिपूर्ण, सभ्य, स्वस्थ सम्बन्ध कायम भई समाज नै निरोग-आनन्दमय हुन्छ। यस्तो समाज सिर्जना गर्न हरेक नागरिकको महत्त्वपूर्ण भूमिका हुन्छ। अरुले गरेन, नेताहरुले गरेन भनेर गुनासो मात्र गरेर आफ्नो कर्तव्य पूरा हुँदैन। राम्रो व्यवस्था स्थापना र संचालन गर्न सहभागी हुनु सबैको कर्तव्य हो। अरुलाई दोष दिएर, पक्ष वा विपक्षमा लागेर वाद-विवाद गरेर समय खेर नफालौं ! गर्नुपर्ने गरौँ, हुनुपर्ने हुन्छ !
आफ्नो स्वास्थ्य, आफ्नै हातमा ! देशको भाग्य, सबैको हातमा ! सबैको कल्याण, हरेकको हातमा !
राम्रो व्यवस्था कस्तो हुन्छ र त्यसको स्थापना गर्न हामीले केके गर्न सक्छौं भन्ने विषयमा स्पष्ट हुन ईच्छुक सबैलाई स्वागत छ !
हेराैं र विचार गराैं ! कुरा बुझ्ने काम गराैं !
“मैं खाउँ, मैं लाउँ, मैं नेता, ठूलो मान्छे संधै मैं मात्र बनिरहूँ,
अरु सबै भासे-भुसे मेरो पछि लागून” भन्ने भाव भएका बाहेक
सबैले खोज्ने, सबैले रोज्ने, सम्पूर्ण मानिसलाई लाभ गर्ने’
एक मात्र राज्य पद्धति, एक मात्र साँचो लोकतान्त्रिक पद्धति,
मानिसको कोणबाट राज्यको पुनर्संरचना 
“राज्य संचालनमा सहभागी हुन रोलक्रम र सुशासनका लागि नागरिक-स्वशासनको पद्धति”,
स्वस्थ राज्य व्यवस्था सचेतना कार्यक्रम

कार्यक्रमका प्रमुख लक्ष्यहरू:

  • सचेत नागरिक सिर्जना: राज्यको नीति, शासन र सामाजिक संरचनाप्रति मानिसहरूको जागरूकता बढाउनु।

  • सकारात्मक सहभागिता: जनस्तरमा स्वस्थ, विवेकपूर्ण र जिम्मेवार विचारको विकास।

  • सामाजिक उत्तरदायित्व: नागरिकहरूले राज्य निर्माणमा आफ्नो भूमिका बुझ्ने र सक्रिय सहभागिता जनाउने।

  • ज्ञान र अभ्यास: कानूनी, सामाजिक र प्रशासनिक संरचनाबारे व्यवहारिक जानकारी र मार्गदर्शन।

कार्यक्रमका विशेषताहरू:

  • अन्तरक्रियात्मक कार्यशालाहरू: समूह चर्चा, रोल-प्ले र केस स्टडी मार्फत नागरिकको दृष्टिकोण विस्तार।

  • सार्वजनिक सचेतना अभियान: डिजिटल सामग्री, पोस्टर, सामुदायिक सभा।

  • अनलाइन वेबिनारहरू: राज्य, शासन र सामाजिक संरचनामा नागरिकको योगदान सम्बन्धी प्रशिक्षण।

  • प्रयोगात्मक अभ्यास: स्थानीय स्तरका योजना, समाज सुधार र नीति निर्माणमा सहभागी हुन सिकाइ।

अपेक्षित लाभ

सचेत नागरिकहरू तयार हुने।

राज्य र समाजको पुनर्संरचना प्रक्रियामा जनसहभागिता वृद्धि

समाजमा जिम्मेवार र सक्रिय नागरिक संस्कार विकास

दीर्घकालीन सामाजिक सुधार र न्यायपूर्ण प्रशासन प्रवर्द्धन

यो भिडियो रेकर्ड पनि हेरौं

https://youtu.be/fV7MFD5t6S4

Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us