यो कार्यक्रम स्वास्थ्य, ऊर्जा सन्तुलन र आत्म–शक्तिको अनुभव गर्न नयाँ सदस्यहरुका लागि एक विशेष दिनभरि सञ्चालन हुने स्वाध्याय कार्यक्रम हो। यो कार्यक्रम प्रकृति प्रेमी समुहको आवासीय कार्यक्रम केन्द्र, ललितपुर जिल्लाको कोञ्ज्योसम गाउँपालिका वडा नं. ३ स्थित दलचोकी आस्वा आहा, उआविवि, साँचो ध्यान स्वाध्याय आश्रम, निरोग-आनन्दधाममा संचालन गर्ने गरिएको छ।
कार्यक्रमका उद्देश्य
-
आस्वा आहा पद्धति मार्फत शारीरिक र मानसिक सन्तुलन स्थापित गर्नु।
-
वैज्ञानिक रेकी अभ्यासद्वारा शरीर र मनमा ऊर्जा प्रवाह सुधार गर्नु।
-
सहभागीहरूलाई आफ्नो स्वास्थ्य र भावनात्मक स्थितिप्रति सजग र सचेत बनाउनु।
-
सरल तर प्रभावकारी आहार, विहार र विचार विज्ञान अभ्यासका उपाय सिकाउनु।
- आवस्यक पर्दा सामान्य समस्याहरुको आफैले उपचार गर्न सक्षम बन्न सहयोग गर्नु।
कार्यक्रम संरचना
-
अवधि: १ दिन
-
माध्यम: सैद्धान्तिक ज्ञान + व्यवहारिक अभ्यास + अन्तरक्रिया
-
- प्रमुख गतिविधिहरू:
- आस्वा आहा गर्नुको महत्त्व बुझ्न सहयोग गर्नु।
- वैज्ञानिक रेकी अर्थ र महत्त्व अभ्यास बुझ्न तथा अभ्यास गर्न सहयोग
- आहार, विहार र विचार तथा शरीरको सम्बन्धको परिचयात्मक सत्र
- जीवनशैली उचित गर्ने सरल उपायहरुको परिचय
- प्रमुख गतिविधिहरू:
अपेक्षित परिणाम
-
दिनभरि सहभागीहरूले शारीरिक आराम, मानसिक शान्ति र ऊर्जा सन्तुलन अनुभव गर्नेछन्।
-
व्यक्तिगत स्वास्थ्यप्रतिको जागरुकता र आत्म–सन्तुलनमा सुधार।
-
यस कार्यक्रमले दीर्घकालीन स्वास्थ्य र सकारात्मक जीवनशैली अपनाउने प्रेरणा प्रदान गर्दछ।
एकदिने कार्यक्रम भए पनि यसको प्रभाव सहभागी को जीवनमा दीर्घकालीन स्वास्थ्य र मानसिक शान्ति ल्याउन पर्याप्त छ।


