“दिशा बदले- दशा सप्रिन्छ !, साँचाे ध्यान शिविर”
Change Direction- Improves Condition, Real Meditation Camp
==============================================
“आस्वा आहा, उआविवि अभियान” अन्तर्गत प्रकृति प्रेमी समूहले आफ्ना सहभागीहरूलाई आत्म–अन्वेषण, मानसिक शान्ति, स्वास्थ्य सुधार र रोगमुक्त हुन सहयाेग पुर्याउन यो विशेष आवासीय शिविर, “दिशा बदले,दशा सप्रिन्छ, साँचाे ध्यान शिविर” निरोग-आनन्दधाम दलचोकीमा सञ्चालन गर्ने गर्छ। यो कार्यक्रम बेलाबेलामा आयोजना गरी सहभागीहरूको जीवनको दिशा बदलेर दशा सपार्ने काम गरी निरोग-आनन्दउन्मूख गराउने उद्देश्य राख्दछ।
कार्यक्रमकाे विशेषता
=============
उचित आहार, विहार र विचारका व्यवहारसिद्ध ज्ञान, स्वतन्त्र र निराेग-आनन्दमय जीवनकाे साँचाे कला सँगसँगै आधुनिक स्वस्थ जीवनशैलीका स्वास्थ्यज्ञान सिक्न पाईने !
आफ्नाे स्वास्थ्यकाे मालिक आफै हुन पाईने !
=========================
निरोग-आनन्द र स्वास्थ्य अरुलाई जिम्मा दिएर हुँदैन ! औषधिको भर परेर मात्र पनि हुँदैन ! यसको लागि आफ्नो स्वास्थ्यको जिम्मा आफै लिनुपर्छ, उचित आहार, विहार र विचार आफै गर्नुपर्छ ! आफ्नो मालिक आफै हुनुपर्छ ! आफ्नो स्वास्थ्य आफ्नै हातमा लिने, आफ्नो मालिक आफै हुने, उचित आहार, विहार र विचार आफैले गर्ने विधि सिक्न, “७ दिने शिविर दिशा बदले दसा सप्रिन्छ” कार्यक्रम हो ! मौका आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन ! कार्यक्रम हुने बेलामा बेलैमा नाम दर्ता गरौँ !
७ दिन मात्र उचित आहार, विहार र विचार व्यवहार गर्दा पनि शरीर, मन र जीवनमा अति महत्त्वपूर्ण परिवर्तन हुन्छ। जीवनमा आईपर्ने सबै विषयमा चर्चापरिचर्चा, व्यवहार र स्वाध्याय गरिने यस विशेष कार्यक्रम निराेग, आनन्द र स्वतन्त्रतामा निपुण हुनका लागि अति सघन कार्यक्रम हाे ।
विगत २० वर्षभन्दा लामाे समयदेखि आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन उचित आहार, विहार र विचार सिक्न चाहनेहरुका लागि ललितपुर, सातदाेबाटाे, निराेगधामस्थित प्रकृति प्रेमी समूहले आफ्ना सदस्यहरुलाई आपसमा ज्ञान अनुभव बाँडचुँड गरी स्वाध्याय गर्ने, सिक्ने व्यवस्था मिलाउँदै आएको छ । याे संस्थाले सदस्यहरुलाई उचित आहार, विहार र विचार आफै गरी निराेग-आनन्दित र स्वतन्त्र रहन प्रेरित र सहयाेग गर्छ, त्यसकाे लागि आफै सिक्ने वातावरण र व्यवस्था मिलाउँछ ।
याे संस्थाले अरुकाे उपचार गर्ने काम, पेसा, व्यवसाय र व्यापार गर्दैन । अरुकाे उपचार गर्ने काम, पेसा, व्यवसाय र व्यापारलाई प्राथमिकता दिंदा मानिसहरु निराेगी हुन सक्दैनन्, पाउँदैन भन्ने याे संस्थाकाे नीति रहेकाे छ किनभने साँचाे अर्थमा आफ्नाे स्वास्थ्य आफैले मात्र हेरचाह गर्न सक्छ अरुले सक्दैन। यसै नीति अन्तर्गत नै प्रकृति प्रेमी समुहले “आस्वा आहा, उआविवि अभियान” संचालन गरेको हो। “आस्वा आहा, उआविवि” व्यवहारमा लागू गर्न आफै सिक्ने कार्यक्रम ७ दिने विशेष स्वाध्याय कार्यक्रम “दिशा बदले,दशा सप्रिन्छ, साँचाे ध्यान शिविर” हो। यस कार्यक्रममा नयाँ सदस्यहरुलाई पुराना अनुभवी सदस्यहरुले “आस्वा आहा, उआविवि” व्यवहारमा लागू गर्न आफै सिक्न व्यवहारिक प्रत्यक्ष उदाहरण बनेर सहयोग गर्ने काम हुन्छ।
यस कार्यक्रममा सहभागी भएर उचित आहार, विहार र विचारकाे स्वाध्याय (स्वअध्ययन, स्वअभ्यास) ७ दिन मात्र गर्दा पनि शरीर र मनमा निकै नै उल्लेखनीय परिवर्तन आउँछ। जीर्ण कव्जियत खुल्न थाल्छ । शरीरकाे बढेकाे ताैल एक हप्तामै कम्तिमा २ देखि बढीमा ५-७ किलाेसम्म घटेकाे देखिन्छ भने बढेकाे सुगर (चिनी) अधिकांशत: एक हप्ता भित्रै सामान्य मापदण्डभित्र आउँछ, वा सामान्य हुने बाटाेतिर लाग्छ । बढेकाे काेलेष्टेराेल, ट्राइग्लिसेराइड (रगतकाे चिल्लाे) अधिकांशत: एक हप्ता भित्रै सामान्य हुन्छ वा सामान्य-उन्मूख हुन्छ । युरिक एसिड लगायत दुखाईहरु कम हुन थाल्छ । बढेकाे प्रेसर एक हप्ता भित्रै कम हुन थाल्छ । निदाउन नसक्नेहरु अलिअलि गर्दै मज्जाले निदाउन थाल्छन् । हिंड्न नसक्नेहरु हिंड्न थाल्छन् । अलिअलि मात्र हिंड्नेहरु दिनकाे १० – १५ किलाेमिटरसम्म हिंड्न सक्ने हुन्छ । हिंड्दा स्वास फुल्नेहरुले सजिलै श्वास फेर्न सक्ने हुन थाल्छ । घाम र चिसाेमा हिंड्दा टाउकाे दुख्नेहरुकाे अलिअलि गर्दै दुख्न छाेड्छ । शरीर तुलनात्मक रुपमा बढी बलियाे र लचिलाे हुन्छ । बस्न, उठ्न, खुम्चिन, तन्किन सक्ने क्षमता वृद्धि हुन्छ । हाँस्न नसक्नेहरु हाँस्न थाल्छन् । धक नफुकेकाहरुकाे धक फुक्न थाल्छ । विचारकाे ढाँचा परिवर्तन हुन थाल्छ । जीवनकाे अर्थ र उद्देश्य फरक पर्न थाल्छ । नाच्न नसक्नेहरु नाच्न थाल्छन् । मनपरीतन्त्रबाट स्वअनुशासनतिर उन्मूख हुन्छन् । निराेग-आनन्दकाे स्राेत, आफ्नाे यथार्थ र क्षमता के हाे भन्ने विषयमा स्पष्टता आउन थाल्छ । निराेगीहरु झनै तगडा हुन्छन् भने समस्या भएकाहरु निराेगउन्मूख हुन्छन् । “अब आफ्नाे स्वास्थ्य अरुकाे हातमा दिने जमाना गयाे ! आफ्नाे स्वास्थ्य आफ्नै हातमा लिने बेला आयाे !” भन्ने ठहरमा पुग्छन्।
शिविरका महत्वपूर्ण पक्षहरू:
-
पूर्ण आवासीय अनुभव: ध्यान, योग, आहार र मानसिक अभ्यासका लागि उपयुक्त वातावरण।
-
साँचो ध्यान अभ्यास: अनुभवी स्वयंसेवकहरूको मार्गदर्शनमा ध्यान, मानसिक अनुशासन र आन्तरिक शान्तिको अभ्यास।
-
स्वाध्याय र आत्म–विचार: व्यक्तिगत र समूह अभ्यासद्वारा जीवन मूल्य र सोचको सुधार।
-
छोटो समय, उच्च प्रभाव: छोटो अवधि भए पनि जीवनमा दीर्घकालीन परिवर्तन ल्याउने व्यावहारिक प्रशिक्षण।

