>

आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम

आस्वा आहा उआविवि अभियान ! निरोग-आनन्द र स्वतन्त्रताको जन-अभियान !

Other Activities

आस्वा आहा योग–व्यायाम स्वाध्याय अभियान !
आस्वा आहा हाइकिंग अभियान ! स्वस्थ पर्यटन अभियान !
आस्वा आहा ट्रेक्किंग अभियान ! स्वस्थ पर्यटन अभियान !
दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम
निरोग-आनन्दको रहस्य—म कसरी आफ्नो डाक्टर (आ.डा.) भएँ ? (वितरण अभियान !)
निरोग– आनन्दधाम— निर्माण/सञ्चालन, प्रवर्द्धन अभियान !
मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम
एकदिने आस्वा आहा तथा वैज्ञानिक रेकी अन्तर्क्रिया/स्वाध्याय कार्यक्रम
अमृत भोजन कक्षबाट उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)
१२ जोड ४ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम

आस्वा आहा – आफ्नो स्वास्थ्य आफैं हेरचाह गर्ने तथा स्व–उपचार परामर्श कार्यक्रम

 

आस्वा आहा (आफ्नो स्वास्थ्य आफ्नै हातमा) उआविवि अभियान अन्तर्गत  प्रकृत्ति प्रेमी समूहद्वारा सञ्चालन गरिएको यो एउटा व्यावहारिक र जीवन परिवर्तनकारी स्वास्थ्य स्वाध्याय–परामर्श कार्यक्रम हो। यसको उद्देश्य मानिस (सदस्यहरु) लाई आफ्नो शरीर, मन र जीवनप्रति जिम्मेवार बनाउँदै आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन र स्व–उपचारको सिद्धान्त र व्यवहार सिक्न सहयोग गर्नु हो।

यस कार्यक्रम अन्तर्गत सहभागीहरूलाई प्राकृतिक तरिकाले रोग निवारण, आहार व्यवस्थापन, ध्यान–योग अभ्यास, मानसिक सन्तुलन र उचित ढाँचामा जीवनशैली सुधारका उपायहरू सिक्न सहयोग गरिन्छ। अनुभवी सदस्यहरु तथा प्रकृति प्रेमी समुहका योग तथा उआविवि अभियन्ता (योग तथा उचित आहार, विहार र विचार अभियन्ता) को मार्गदर्शनमा यो कार्यक्रमले औषधिमा निर्भर नभई आफ्नो शरीरलाई बुझ्ने, सुधार्ने र सन्तुलनमा राख्ने सीप प्रदान गर्छ।

मुख्य उद्देश्यहरू:

  • आत्म–सजगता र आवस्यक पर्दा सरल प्राकृतिक उपचार, आत्म–उपचार क्षमताको विकास गर्ने,
  • शरीर, मन र आफूबीच सन्तुलन कायम राख्ने व्यवहारिक उपाय सिकाउने
  • स्वस्थ जीवनका लागि स्वअनुशासन र स्व–प्रेरणा जागृत गर्ने, उचित आहार, विहार र विचारद्वारा निरोगी जीवनशैली प्रवर्द्धन गर्ने,

आस्वा आहा परामर्श कार्यक्रम आत्मनिर्भर स्वास्थ्य अभ्यासमा गर्न चाहने सबैका लागि उपयुक्त छ। यो कार्यक्रमले “स्वास्थ्य आफ्नै हातमा लिने सशक्त यात्रा” सुरु गर्न सहयोग गर्छ। यसको लागि प्रकृति प्रेमी समुहको निरोगधाम सदस्यता लिन हामी सबैलाई स्वागत गर्दछौं।

सदस्यताका लागि निम्न फाराम भरी अन्लाईनबाटै पठाउन हुन वा संस्थाको कार्यालय निरोगधाम सातदोबाटोमा आउनु हुन अनुरोध छ।

यो फाराम डाउनलोड गरेर पनि भरेर पठाउन सकिन्छ :

अनलाइन फाराम भर्न निम्न लिंक क्लिक गर्नुहुन अनुरोध छ :

Member Details

 

 

 

 

प्रकृति प्रेमी समुह, निरोगधाम सदस्यता शुल्क (सहयोगराशी) रू. १,५००/- (एकहजार पाँचसय मात्र) फोनपे मार्फत् जम्मा गर्न सकिन्छ।

आर्थिक रुपमा असमर्थलाई निशुल्क सदस्यता दिने व्यवस्था पनि छ।

Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !

२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us