
अहिले अधिकांश मानिस कुनै न कुनै शारीरिक र मानसिक समस्यामा परेका देखिन्छन् र समस्याबाट मुक्त हुन औषधि, शल्यक्रिया र विशेषज्ञ औषधि– उपचार व्यवसायीको भर पर्ने चलन चलेको छ । तर अत्याधुनिक औषधि, यन्त्र–उपकरण प्रयोग र विशेषज्ञ चिकित्सकको प्रयासको बाबजुद पनि त्यस्ता समस्याबाट मुक्त हुनुको सट्टा समस्याग्रस्त मानिसको संख्या बढ्दो देखिन्छ । यसबाट प्रश्न उठ्छ, के वास्तवमा मानिस स्वस्थ र आनन्दित रहन नसक्ने नै हो त ?
वास्तविकतामाथि नियालेर हेर्ने हो भने वास्तवमा शारीरिक मानसिक समस्याबाट अधिकांश अवस्थामा मुक्त हुन सकिने देखिन्छ तर त्यो काम औषधि र उपचारकमाथि मात्र भर परेर हुन सक्दैन । औषधि र चिकित्सकले नै स्वस्थ र आनन्दित राख्न सक्ने भएमा संसारमा एक जना पनि रोगी हुने थिएन । यो अवस्थामाथि विचार गर्दा मानिसलाई स्वस्थ र आनन्दित राख्ने काम मूलरुपमा आफैं बाहेक अरूले गर्न सक्दैन भन्ने स्पष्ट हुन्छ । आफूलाई निरोगी राख्न उचित आहार, विहार र विचार आफैंले गर्नुपर्छ। तर, आजकाल विज्ञान र आधुनिकताको गलत अर्थ लगाएर मानिस तामझामको गलत बाटोतिर गएका देखिन्छन्। त्यही तामझामको अप्राकृतिक आहार, विहार र विचार नै शारीरिक र मानसिक समस्याका कारण बनेका देखिन्छन्।
समस्याको कारण हटाउन सके मात्र समस्या हट्न सक्छ । शारीरिक र मानसिक समस्याबाट मुक्त हुन पनि अप्रवृत्तिक आहार, विहार र विचारको ठाउँमा उचित आहार, विहार र विचार गर्नुपर्छ । यही प्राकृतिक, सरल, उचित बाटोको प्रचारप्रसार गर्नु, यस बाटोमा स्वशिक्षित हुन सचेत र सहयोग गर्नु समाज उपयोगी र कल्याणकारी कार्य हुने स्पष्ट भएर यस कार्यलाई संस्थागत ढंगले अघि बढाउन वि.सं. २०५८ सालमा प्रवृत्ति प्रेमी समूह संस्था निरोगधाम, सातदोबाटोमा स्थापना गरिएको हो ।
स्थापनाकालदेखि नै यस संस्थाले आफ्ना सदस्यहरूलाई आ स्वास्थ्य आफ्हानै तमा लिई निरोगी रहन मात्र होइन, रोगमुक्त हुन समेत आफैले गर्न सक्ने सरल र अचूक उचित आहार, विहार र विचारबारे निःशुल्क परामर्श दिने गर्नुका साथै इच्छुक सदस्यहरूलाई १ दिनदेखि १८ महिनासम्मका विभिन्न दिवा तथा आवासीय अन्तरक्रिया तथा स्वाध्याय कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यी कार्यक्रमबाट हजारौंले उचित आहार, विहार र विचार अपनाई आफ्नो स्वास्थ्य तगडा बनाई निरोगी जीवनयापन गर्दै आएका छन् । यीमध्ये ७ दिन ७ रातको दिशा बदले, दशा सप्रिन्छ, साँचो ध्यान शिविर आवसीय कार्याक्रम एक विशेष कार्यक्रम हो । संस्थाले ललितपुर दलचोकीस्थित आफ्नै जग्गामा २०७४ सालमा निरोग–आनन्दधाम भवन निर्माण सम्पन्न गरी त्यहा“ आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन सहयोग पु¥याउन आवासीयलगायत विविध व्यावहारिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममध्ये आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन उचित आहार, विहार र विचारको व्यावहारिक स्वप्रशिक्षण तथा स्वअभ्यास कार्यक्रम, ‘दिसा बदले, दशा सप्रिन्छ’ ७ दिने कार्यक्रम छोटो समयको तर अति उपयोगी देखिएको छ ।
देशको विभिन्न ठाउँमा आवासीय शिविर कार्यक्रम सञ्चालन गरी आफ्नोस्वास्थ्य आफ्नै हातमा लिन सहयोग पु¥याउने प्रवृति प्रेमी समूहको उद्देश्य छ । त्यस्ता कार्यक्रम सञ्चालन गर्न ठाउँ ठाउँमा निरोग–आनन्दधामजस्तोआवासीय सुविधासहितको ठाउँ आवश्यक हुन्छ । त्यस्तो ठाउँ राज्यले र समुदायले बनाउनुपर्छ । तर अहिलेसम्म राज्यले त्यस्तो व्यवस्था गर्ने कुनै योजना बनाएको छैन । राज्यले नबनाएसम्म जनस्तरमा नै त्यस्तो ठाउँ बनाउनु र कार्यक्रम सञ्चालन गर्नु सचेत जनताको जिम्मेवारी हो । प्रवृत्ति प्रेमी समूहले यही जिम्मेवारी पूरा गर्दै आएको छ । प्रवृति प्रेमी समूहले त्यो जिम्मेवारी पूरा गर्न आर्थिक संकलन गर्नुका साथै व्यावहारिक स्वास्थ्यज्ञान प्रचारप्रसार गर्न स्वास्थ्यज्ञानले भरिपूर्ण यो पुस्तक निरोग–आनन्दको रहस्य ः म कसरी आफ्नो डाक्टर भए“ ? वितरण अभियान सञ्चालन गर्दै छ । यस पुस्तक वितरण अभियानबाट संकलन हुने सम्पूर्ण बचत रकम यसै उद्देश्यका लागि उपयोग गरिनेछ । हरेक व्यक्ति स्वस्थ–आनन्दित रहन सक्छ÷रहनुपर्छ, स्वस्थ–आनन्दित समाज निर्माण गर्नुपर्छ, त्यसो गर्न सम्भव छ र त्यसका लागि उचित आहार, विहार र विचारको सरल र स्पष्ट विधि छ भन्ने तथ्यसत्य सबैसामु पु¥याउन
प्रवृति प्रेमी समूहले सुरु गरेको यो अभियान, आस्वा–आहा † उआविवि अभियानमा हरेकले एकप्रति निरोग–आनन्दको रहस्य ः म कसरी आफ्नो डाक्टर भए“ ? पुस्तक किनेर सहभागी हुन हामी सबैस“ग अनुरोध गर्छौं ।सबैलाई आस्वा आहा उआविवि अभियानमा स्वागत छ ।