उद्देश्यहरू
(स्वीकृत विधानअनुसार)
क) प्रकृति चिकित्सा अर्थात् उचित आहार, विहार र विचारले निरोगी राख्छ, रोगमुक्त गर्छ भन्ने ज्ञान जनतामाझ प्रचारप्रसार गर्नुका साथै उचित आहार, विहार र विचार प्रयोग गरी निरोगी रहन र रोगमुक्त हुन सदस्यहरूबीच परामर्श, छलफल, अन्तर क्रिया, प्रशिक्षण गरी एकआपसमा सिक्ने सिकाउने ।
ख) ‘आफ्नो स्वास्थ्यको हेरचाहको जिम्मेवारी आफ्नै हो’ भन्ने सत्य प्रचारप्रसार गरी ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिन प्रेरित र सहयोग गर्न ‘आस्वा—आहा ! उआविवि अभियान’ कै रूपमा प्रचारमा लैजाने ।
ग) उपरोक्त उद्देश्य पूर्तिका लागि सदस्यहरूका लागि निरोगी रहन, रोगमुक्त हुन निम्न कार्यक्रमहरु गर्ने :–
===================================================================
१) ज्ञानवर्द्धक आस्वा आहा, उआविवि परामर्श, अन्तरक्रिया कार्यक्रम,
२) सदस्यहरूको क्षमता अभिवृद्धि गर्न अल्पकालीन तथा दीर्घकालीन योग-ध्यान तथा उचित आहार, विहार र विचार स्वाध्याय तथा आवासीय शिविर सञ्चालन कार्यक्रम,
३) आवासीय अभ्यास स्थल (साँचो ध्यान केन्द्र/निरोग-आनन्दधाम) निर्माण र सञ्चालन कार्यक्रम,
४) सदस्यहरूका लागि एकदिने तथा बहुदिने पदयात्रा कार्यक्रम गरी स्वस्थ पर्यटन प्रवर्द्धन कार्यक्रम,
५) जैविक खेती प्रवर्द्धन कार्यक्रम,
६) घुम्ती स्टलमार्फत प्रचार–प्रसार कार्यक्रम,
७) उचित आहार, विहार विचार सामग्री प्रदर्शन कक्ष सञ्चालन कार्यक्रम,
८) जनसमुदायको आहार, विहार र विचार सर्वेक्षण कार्यक्रम,
९) स्वस्थ राज्य व्यवस्था सचेतना कार्यक्रम,
१०) पुस्तक, पुस्तिका र ‘निरोगसूत्र’ सामयिक संकलन प्रकाशन तथा वेबसाइट सञ्चालन कार्यक्रम
लगायतका कार्यक्रमहरूसहित विविध कार्यक्रम सञ्चालन गरी सहयोग पुर्याउने।
संस्थाको मूल मन्त्र : आफ्नो स्वास्थ्य आफ्नै हातमा ! (आस्वा आहा !)
संस्थाको मूल काम : आस्वा— आहा ! उआविवि ! आ. डा. अभियान !
(आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार, विहार र विचार, आफ्नो डाक्टर आफै बनौँ अभियान !)
(साँचो जन स्वास्थ्य अभियान)


