What does Prakriti Premee Samuha do?
प्रकृति प्रेमी समूहले केके गर्छ ?
प्रकृति प्रेमी समूहले मानिसहरूलाई निरोगी, आनन्दित र स्वतन्त्र जीवनयापन गर्न सहयोग पुर्याउने उद्देश्यका साथ विविध कार्यक्रम सञ्चालन गर्दछ। यस संस्थाले पुराना र नयाँ सदस्यहरूलाई उचित आहार, विहार र विचारबारे निःशुल्क परामर्श गर्ने अवसर प्रदान गर्दछ, जसले पुराना सदस्यहरुको अनुभवबाट रोगमुक्ति र दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्न मद्दत गर्दछ। साथै, एकदिनेदेखि लिएर २४ महिनासम्मका आवासीय स्वाध्याय, योग, ध्यान, उचित आहार, विहार र विचारबारे स्वाध्याय कार्यक्रमहरू सञ्चालन गरी सदस्यहरूलाई आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन सक्षम बन्न सहयोग गरिन्छ । संस्थाले प्राकृतिक जीवनशैली, व्यवहारिक र वैज्ञानिक रूपमा प्रमाणित आहार-विहार र मानसिक सन्तुलनमा जोड दिन्छ र समाजमा स्वास्थ्य सचेतना फैलाउने अभियानहरू सञ्चालन गर्दछ। यसरी, प्रकृतिप्रेमी समूहले स्वास्थ्य, शिक्षा र आत्म-प्रशिक्षणका माध्यमबाट सदस्यहरूलाई सम्पूर्ण जीवनमा निरोगी, सन्तुलित र आनन्दित रहन सहयोग पुर्याउँछ।
प्रकृति प्रेमी समूहले केके गर्छ ?
आस्वा—आहा ! उआविवि अभियानअन्तर्गत
यस संस्थाले सदस्हरूबीच निम्न काम गरिरहेको छ
१. स्वस्थ रहन उचित आहार, विहार र विचार परामर्श कार्यक्रम (हप्ताको ६ दिन),
२. स्वस्थ हुन उचित आहार, विहार र विचार परामर्श कार्यक्रम (हप्ताको ६ दिन),
३. ‘आस्वा आहा’ आफनो स्वास्थ्य आफैं हेरचाह गर्ने स्व–उपचार स्वाध्याय परामर्श कार्यक्रम,
४. टोलटोलमा दैनिक आस्वा आहा योग–व्यायाम स्वाध्याय कार्यक्रम (हप्ताको ६ दिन),
५. आस्वा आहा उआविवि पद्धति अन्तरक्रिया कार्यक्रम (समय समयमा)
६. ६ महिने आधारभूत उचित आहार, विहार र विचार विज्ञान, आ. डा. स्वाध्याय कार्यक्रम,
७. १८ महिने उच्च उचित आहार, विहार र विचार विज्ञान, आ. डा. स्वाध्याय कार्यक्रम,
८. १२ जोड ३/४ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम,
९. एकदिने आस्वा आहा तथा वैज्ञानिक रेकी स्वाध्याय कार्यक्रम,
१०. एक दिने नियमित मासिक पदयात्रा (हाइकिङ) कार्यक्रम (दोस्रो र चौथो शनिबार)
११. समसामयिक बहुदिने पदयात्रा कार्यक्रम (वर्षमा केही पटक)
१२. निरोगसूत्र सामयिक सङ्कलन प्रकाशन (समय समयमा)
१३. स्वास्थ्यज्ञानसम्बन्धी अन्य प्रकाशन (समय समयमा)
१४. जैविक खेती प्रवर्द्धन
१५. आस्वा आहा बृहत् स्वास्थ्य सर्वेक्षण (बेलाबेलामा)
१६. मानिसको कोणबाट राज्यको पुनर्संरचना सचेतना कार्यक्रम (बेलाबेलामा)
१७. विवेकज्ञानतिर फर्क विश्व अभियान (इन्टरनेटबाट)
१८. उचित आहार प्रवर्द्धन (उआविविसा प्रदर्शन कक्ष, सातदोबाटोबाट)
१९. अमृत भोजन (उचित आहार) रेस्टुरेन्ट प्रवर्द्धन (सार्वजनिक आह्वान, वैचारिक सहयोग)
२०. स्वस्थ पर्यटन प्रवर्द्धन (हाइकिङ—ट्रेकिङ/भ्रमणमार्फत्)
२१. ‘दिशा बदले दशा सप्रिन्छ, साँचो ध्यान’ आवासीय शिविर कार्यक्रम (बेलाबेलामा)
२२. उआविवि व्यावहारिक प्रशिक्षण तथा अभ्यासका लागि आवासीय ध्यान केन्द्र (निरोग–आनन्दधाम) निर्माण/सञ्चालन, प्रवर्द्धन
२३. विभिन्न पेथीका डाक्टर तथा स्वास्थ्य कार्यकर्ताहरूलाई साँचो स्वास्थ्य विज्ञान (उआविवि पद्धति) ब्रिजकोर्स (बेलाबेलामा)
२४. विचार विज्ञान पन्द्रदिने स्वाध्याय कार्यक्रम (बेलाबेलामा)
२५. साँचो ध्यान स्वाध्याय कार्यक्रम (बेलाबेलामा)
२६. आस्वा आहा लघु प्रदर्शनी हल संचालनबाट उचित आहार, विहार र विचार ज्ञान प्रचार-प्रसार
सदस्यहरुका लागि कहीँ नभएको व्यवस्था
प्रकृतिप्रेमी समूह, निरोगधाममा
प्रकृति प्रेमी समूह, निरोगधाम सदस्य भएपछि रोगमुक्त हुन र स्वस्थ रहन उचित आहार, विहार र विचारबारे निःशुल्क परामर्श गर्ने अवसर पाइन्छ ।
संस्थाका अग्रज, अनुभवी पुराना सदस्यहरूद्वारा र आवश्यक भए प्रकृतिप्रेमी
समूह परिवारका मेडिकल सल्लाहकारद्वारा नयाँ सदस्यलाई निःशुल्क दिइने यो
सुविधाले रोग लागेको भए निरोगी हुन र नभए निरोगी रहन सकिन्छ ।
वार्षिक सदस्यता तथा कार्यक्रम संचालन सहयोगराशी रु. १५००।– मात्र ।
रु. १५०० पनि तिर्न नसक्नेका लागि सदस्यता निःशुल्कै पाइन्छ,
सम्पूर्ण सुविधा पनि निःशुल्कै पाइन्छ ।
यस्तो व्यवस्था अन्य कतै पनि छैन ।
प्रकृति प्रेमी समूहले उपचारको काम, पेसा, व्यवसाय र व्यापार गर्दैन, उचित
आहार, विहार र विचार अपनाई आफनो स्वास्थ्य आफनै हातमा लिन,
आफनो डाक्टर आफैं हुन सहयोग गर्छ ।
प्रप्रेस निरोगधामको
विशेष व्यवस्था
१) एकदिने आस्वा आहा, वैज्ञानिक रेकी स्वप्रशिक्षण,
२) ४—७—१५ दिने दिशा बदले, दशा सप्रिन्छ, साँचो ध्यान शिविर,
३) १२ जोड ३ महिने सघन योग अभियन्ता स्वाध्याय कार्यक्रम
४) १२ जोड ६ महिने आधारभूत उचित आहार, विहार र विचार विज्ञान कार्यक्रम
५) १२ जोड १२ महिने योग–स्वास्थ्य विज्ञान स्वाध्याय कार्यक्रम
६) २४ जोड २४ महिने उच्च योग–स्वास्थ्य विज्ञान स्वाध्याय कार्यक्रम
प्रकृति प्रेमी समूह, निरोगधामको विशेष व्यवस्था हो ।

