>

आस्वा आहा, उआविवि, आ. डा.  अभियान  !

प्रकृति प्रेमी समुहको उद्घोष — वास्तविक स्वास्थ्यको सुरुवात आफै  भित्रैबाट हुन्छ। 

हाम्रो बारेमा

वि.सं. २०५८ सालमा स्थापना गरिएको प्रकृत्ति प्रेमी समूह संस्था स्वास्थ्य, सचेतना र प्राकृतिक जीवनशैलीप्रति समर्पित एक सामाजिक संस्था हो। हाम्रो उद्देश्य प्रत्येक मानिसलाई स्वस्थ, आनन्दित र आत्मनिर्भर जीवनशैली अपनाउन प्रेरित गर्नु हो। आजको युगमा मानिसहरू विभिन्न शारीरिक र मानसिक समस्याबाट ग्रस्त छन् र औषधि, शल्यक्रिया तथा विशेषज्ञ उपचारमा निर्भर हुने चलन बढ्दो छ। तर यथार्थमा, स्वस्थ र आनन्दित जीवन पाउन मूल उपाय बाह्य उपचार होइन, आफ्नो आहार, विहार र विचारमा सुधार ल्याउनु  हो । यस संस्थाले स्थापनाकालदेखि नै आफ्ना सदस्यहरूलाई स्वास्थ्य आफ्नै हातमा लिन सहयोग गर्दै आएको छ। हामीले निःशुल्क परामर्श, १ दिनदेखि १८ महिनासम्मका विभिन्न दिवा तथा आवासीय स्व–अभ्यास र साँचो ध्यान कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ। यी कार्यक्रमहरूले हजारौँ मानिसहरूलाई प्राकृतिक जीवनशैलीमा फर्काई निरोगी जीवनयापन गर्न सहयोग पुर्‍याएका छन्। वि.सं. २०७४ सालमा, संस्थाले ललितपुर, दलचोकीमा आफ्नो निरोग–आनन्दधाम भवन निर्माण सम्पन्न गरी, त्यहाँ “दिशा बदले, दशा सप्रिन्छ ७ दिने शिविर”, “स्वास्थ्य आफ्नै हातमा” “साँचो ध्यान” (Real Meditation) जस्ता व्यावहारिक आवासीय कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
देशभर विभिन्न स्थानहरूमा आवासीय शिविरहरू सञ्चालन गर्दै, जनतालाई आफ्नो स्वास्थ्य आफैंले सुधार गर्न सकिन्छ भन्ने चेतना फैलाउनु हाम्रो प्रमुख अभियान हो। राज्यले यस दिशामा ठोस योजना नबनाएसम्म, सचेत नागरिकले अग्रसर हुनुपर्छ भन्ने जिम्मेवारी भावना बोकेर हामी कार्यरत छौँ। हामीले सुरु गरेको “आस्वा–आहा–उआविवि (आफ्नो स्वास्थ्य आफ्नै हातमा) अभियान” मार्फत स्वास्थ्यप्रेमी हरेक नागरिकलाई “आफ्नो डाक्टर आफै” बन्न सहयोग पुर्याउने काम हुँदै छ। यस अभियानअन्तर्गत प्रकाशित पुस्तक “निरोग–आनन्दको रहस्यः म कसरी आफ्नो डाक्टर (आ. डा.) भएँ?” को वितरणबाट संकलित सम्पूर्ण बचत रकम आवासीय निरोग-आनन्दधाम निर्माण, विस्तार तथा संचालनमा प्रयोग गरिँदैछ। हरेक घरमा एकजना आ. डा. (आफ्नो डाक्टर) आफै होस् भन्ने उद्देश्यले “आफ्नो डाक्टर आफै” हुन सहयोग पुर्याउन”निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर भएँ” पुस्तक वितरण अभियान संचालन गरिएको हो।  यस पुस्तकमा आफ्नो डाक्टर आफै हुन आवस्यक सबै आधारभूत ज्ञान समेटिएको छ।  एउटा पुस्तक आ-आफ्नो घरमा पुर्याउन सबैसँग आव्हान् गर्दछौं ! हामी सबै मिलेर स्वस्थ, आनन्दित र स्वतन्त्र-सशक्त समाज निर्माण गर्न सक्छौं — प्रकृत्ति प्रेमी समूह संस्था यही उद्देश्य साथ अघि बढिरहेको छ। निरोग, आनन्द र स्वतन्त्रताको यस अभियानमा सबैलाई स्वागत छ !

हाम्रो उद्देश्य, दृष्टिकोण र मूल्यहरू

हाम्रो उद्देश्य

मानिसहरूलाई आफ्नै स्वास्थ्य र खुशीको जिम्मेवारी लिन प्रेरित र सशक्त बनाउने हाम्रो उद्देश्य हो। प्राकृतिक जीवनशैली, उचित आहार, विहार र विचार, सचेत अभ्यास र समग्र आत्म-जागरूकतामार्फत हामी स्वस्थ र आनन्दपूर्ण जीवनको प्रवर्द्धन गर्छौं। हामी परम्परागत ज्ञान र आधुनिक वैज्ञानिकव्यवहारिक समझको संयोजन गरी साँचो स्वास्थ्य र आनन्द आफूभित्रै रहेको सन्देश फैलाउन समर्पित छौं।

हाम्रो दृष्टिकोण

प्रत्येक व्यक्ति प्रकृतिसँग सन्तुलनमा रही स्वस्थ, आनन्दित र सचेत जीवन जिउने समाज निर्माण हाम्रो दृष्टिकोण हो। हामी यस्तो समुदायको परिकल्पना गर्छौं जहाँ मानिसहरूले रासायनिक औषधिको भर पर्नु नपरोस्, बरु सही आहार, सही विहार र सही विचारमार्फत शारीरिक, मानसिक र भावनात्मक सन्तुलन प्राप्त गर्न सकून्।

 

हाम्रा मूल्यहरू

हाम्रो मूल्यहरू सत्यनिष्ठा, करुणा, सेवा भाव र आत्मनिर्भर जीवनशैलीमा आधारित छन्। हामी प्राकृतिक, सरल र सचेत जीवनप्रति प्रतिबद्ध छौं र समाजमा स्वास्थ्य, सन्तुलन र उचित सोच प्रवर्द्धन गर्ने लक्ष्य राख्छौं।

हाम्रो कथा

हाम्रो यात्रा एउटा सरल तथ्यबाट सुरु भयो — प्रत्येक व्यक्ति स्वस्थ, सुखी र सचेत जीवन बिताउन योग्य हुन्छ। वर्षौँको यात्रामा, प्रकृति प्रेमी समूह आज त्यस्तो शान्त र प्रेरणादायी स्थान बनेको छ जहाँ जीवनका हरेक क्षेत्रका मानिसहरू एकत्रित भई स्वास्थ्य, चेतना र आनन्दपूर्ण जीवन अभ्यास गर्न आउँछन्।

आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन 
आस्वा आहा उ आ वि वि अभियानमा सहभागी हौँ !
आफ्नो पनि कल्याण गरौँ ! अरुको पनि कल्याण गरौँ !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us