अत्यन्त जरुरी सूचना !
२०८२ कात्तिक २९ गते २३ साैं साधारण सभा !
२२ गतेभित्र नाम दर्ता गरौँ !
=========================
“आस्वा आहा, उआविवि अभियान !”
“आस्वा आहा याेग अभियान !”
“घरघरमा आ. डा., टाेलटाेलमा याेग-व्यायामशाला !”
“आस्वा आहा, हाईकिङ/ट्रेकिङ अभियान !”
“निराेगी नेपाल, स्वस्थ विश्व अभियान !”
प्रकृति प्रेमी समूह,
निराेगधाम, सातदाेबाटाे, ललितपुर
२४ वर्ष पूरा गरि २५ वर्षमा प्रवेश गर्दै,
२०८२ कात्तिक २९ गते २३ साैं साधारण सभा हुँदैछ ।
==============================
सम्पूर्ण आजीवन सदस्य मित्रहरुले साधारण सभामा सक्रिय सहभागी भई “आस्वा आहा उआविवि अभियान” लाई अझ प्रभावकारी ढंगमा अघि बढाउन नयाँ प्रस्ताव र याेजना अनि जाेशजाँगरसहित समय मिलाउनु हुन अनुराेध छ । सहभागी हुन २०८२ कात्तिक २२ गतेभित्र संस्थाकाे कार्यालय निराेगधाम, सातदाेबाटाेमा नाम दर्ता गर्नु हुन अनुराेध छ ।
===========================================================================================
अनुराेध
=====
१) २०८२ कात्तिक २९ गते प्रकृति प्रेमी समूहकाे २३ साैं साधारण सभामा आ. व. २०८१/०८२ मा संस्थाबाट भए गरेका कामकाे समीक्षा तथा आ. व. २०८२/०८३ मा गर्ने काम विचार विमर्श गरी नयाँ उत्साह र जाेशकासाथ नयाँ याेजना बनाउने काम हुने हुँदा सम्पूर्ण आजीवन सदस्य मित्रहरुले साे दिन पूरै समय साधारण सभामा सक्रिय सहभागी हुन समय मिलाउनु हुन अनुराेध छ ।
२) कार्य समितिमा रही “आस्वा आहा, उआविवि अभियान” मा सक्रिय भई समाज कल्याणकाे काममा लाग्न चाहने मापदण्ड पुगेका सक्रिय आजीवन सदस्य मित्रहरुले २०८२ कात्तिक २२ गतेभित्र कार्य समितिकाे राेलक्रम सूचीमा सहभागी हुन संस्थाकाे कार्यालय निराेगधाम, सातदाेबाटाेमा नाम दर्ता गर्नु हुन अनुराेध छ ।
३) अहिलेसम्म संस्थाकाे शुभेच्छुक आजीवन सदस्य रहनु भएका सदस्य मित्रहरुमध्ये साधारण सभाअघि सक्रिय आजीवन सदस्स्यमा परिणत भई कार्य समितिकाे राेलक्रम सूचीमा नाम दर्ता गर्न ईच्छुक हुनुहुन्छ भने २०८२ कात्तिक २२ गतेभित्र संस्थाकाे कार्यालय निराेगधाम, सातदाेबाटाेमा साे व्यहाेरा खुलाई निवेदन गरी नाम दर्ता गर्नु हुन अनुराेध छ ।
४) सक्रिय आजीवन सदस्य मित्रहरुकाे २३ साैं साधारण सभामा छलफल गरी निर्णय गर्नुपर्ने कुनै प्रस्ताव भए साधारण सभाकाे कार्यसूचीमा राख्न अनुराेधसहित प्रस्ताव २०८२ कत्तिक २२ गतेभित्र संस्थाकाे कार्यालय निराेगधाम, सातदाेबाटाेमा दर्ता गर्नु हुन अनुराेध छ ।
===================================
२०८२ कात्तिक २९ गते
=============
१) बिहान ७ बजे निराेगधाम, सातदाेबाटाेबाट निराेग-आनन्दधाम दलचाेकी प्रस्थान
२) निराेग-आनन्दधाममा बिहानकाे खाना ९ बजे
३) २३ साैं साधारण सभाकाे कार्यक्रम शुरु बिहान १० बजे
४) २३ साैं साधारण सभाकाे कार्यक्रम समापन अपरान्ह ४ बजे
५) निराेग-आनन्दधामबाट फिर्ता हुने ५: ०० बजे
६) निराेगधाम सातदाेबाटाे पुग्ने अनुमानित समय ६:०० बजे
आस्वा आहा !
सबैकाे कल्याण हाेस् !
सबैकाे कल्याण हुने काममा सबै मिलेर अगाडि बढाैं !

आस्वा आहा उआविवि अभियान व्यापक रुपमा अघि बढाउन
निरोग-आनन्दधाम निर्माण-संचालन तथा निरोग-आनन्दधामको
आफ्नो स्वास्थ्यको मालिक आफै बनाउने विशेष कार्यक्रम
“७ दिने आवासीय शिविर दिशा बदले दसा सप्रिन्छ !”
कार्यक्रम निशुल्क संचालन गर्न कोष खडा गर्न
पुस्तक वितरण अभियान !
“निरोग–आनन्दको रहस्य
म कसरी आफ्नो डाक्टर आफै (आ. डा.) भएँ ?“
पुस्तक वितरण अभियान !
कूल पृष्ठ : १,२००
प्रति पुस्तक सहयोगराशी : रु. २,५००/-