>

प्रकृति प्रेमी समुहको पछिल्लो खबर : चैत्र १४ गते हाइकिङ्ग, १३ — १५ गते पन्चासे ट्रेक्किंग सम्पन्न !

प्रकृति प्रेमी समुहको पछिल्लो खबर
===================
१) २०८२ चैत्र १४ गते दोस्रो शनिबारे हाइकिङ्ग सम्पन्न !
२) २०८२ चैत्र १३ — १५ गते पन्चासे ट्रेक्किंग सम्पन्न !
=============================

१) आस्वा आहा उआविवि अभियान (आफ्नो स्वास्थ्य आफ्नै हातमा, उचित आहार, बिहार र विचार अभियान)  अन्तर्गत २०८२ चैत्र १४ गते “नेवा सम्पर्क समूह रामेछाप” को आयोजनामा, प्रकृति प्रेमी समुहको संयोजनमा ललितपुर जिल्ला, कोञ्ज्योसम गाउँपालिका वडा नं. ४ स्थित पाथिभरा मन्दिरदेखि कोञ्ज्योसम गाउँपालिका ३ नं. वडा, दलचोकीस्थित निरोग-आनन्दधामसम्म हाईकिङ्ग सम्पन्न भयो। प्रकृति प्रेमी समूह, निरोगधाम, सातदोबाटोमा भेला भई बसबाट पाथिभरा मन्दिर पुगेका  नेवा सम्पर्क समुह रामेछापका पदाधिकारी तथा सदस्यहरुलाई प्रकृति प्रेमी समुहका पदाधिकारी तथा स्वयंसेवकहरु तेजराम महर्जन, सोभितराम राउत र सूर्यनारायण अमात्यले संयोजन तथा पथप्रदर्शन गर्नु भएको थियो। सो कार्यक्रममा सहभागीहरु स्वास्थ्यको मूलमन्त्र “आस्वा आहा” गुञ्जाऊँदै आनन्दसँग हिंडेका थिए।

प्रकृति प्रेमी समुहको शितल निवास, निरोग-आनन्दधाम दलचोकी पुगेपछि त्यहाँ हाईकिङ्ग टोलीले स्वास्थ्यवर्द्धक आहार, “निरोगधाम ब्राउनराइस थाली” भोजन गरे । “निरोगधाम ब्राउनराईस थाली” मा ब्राउनराईसको भात, मिश्रित दाल, चना, हरियो साग, मिश्रित हरियो तरकारी, स्वस्थवर्द्धक आचार, प्राकृतिक लालमोहन र सलाद्को अनुपम सन्तुलन मिलाईएको हुन्छ। त्यसमा शरीरलाई चाहिने सबैखाले पोषण सन्तुलित हुन्छ।

प्रकृति प्रेमी समुहले “आस्वा आहा स्वास्थ्य ज्ञान” प्रचारप्रसार तथा स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हाईकिङ्ग कार्यक्रम संयोजन गर्नेगर्छ। त्यसैले निरोग-आनन्दधाममा खानापछि हाईकिङ्गका सहभागीहरुका लागी उचित आहार, विहार र विचार अपनाएर आफ्नो स्वास्थ्यको हेरविचार आफै गर्न प्रेरित र सक्षम बन्न सहयोग गर्न सांगीतिक तथा ज्ञानवर्द्धक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो। बिहान बिउँझेदेखि दिनभर कस्तो आहार, विहार र विचार गर्ने र राति कसरी सुत्नेसम्मका विषयमा प्रकृति प्रेमी समुहका संस्थापक आ. डा. उमेश श्रेष्ठले सहभागीहरुलाई स्पष्ट पार्नु भयो। सो कार्यक्रममा “नेवा सम्पर्क समूह रामेछाप” का पदाधिकारीहरु विष्णु श्रेष्ठ, नवीन श्रेष्ठ, हिमाल श्रेष्ठ लगायतले बोल्नु भएको थियो।

स्वास्थ्यवर्द्धक हाईकिङ्ग तथा अन्तरक्रिया कार्यक्रम गरी लाभ लिन चाहने संस्था, समूह, स्कूल, कलेज लगायत संस्थाका लागि निरोग-आनन्दधाम दलचोकी र सो वरिपरीका क्षेत्रमा हाईकिङ्ग तथा अन्तरक्रिया कार्यक्रम गरी सहयोग गर्न प्रकृति प्रेमी समुह तत्पर छ ! ईच्छुक सबैलाई स्वागत छ !

प्रस्तुत छ चैत्र १४ को हाइकिङ्ग तथा अन्तरक्रिया कार्यक्रमका केही दृश्यहरु –

 

x

==================

२) २०८२ चैत्र १३ — १५ गते पन्चासे ट्रेक्किंग सम्पन्न !

“आस्वा आहा ट्रेक्किंग अभियान” अन्तर्गत २०८२ चैत्र १३ देखि १५ गतेसम्म कास्की जिल्लाको पन्चासे क्षेत्रमा तीनदिने स्वस्थवर्द्धक, आन्तरिक पर्यटन प्रवर्द्धनात्मक ट्रेक्किंग सम्पन्न भयो। संस्थाका सचिव रामदेवी महर्जनको संयोजनमा २३ जना सदस्यहरु सो कार्यक्रममा सहभागी हुनु भएको थियो।

More Blogs

दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !
२०८२ चैत्र १३, १४ र १५ गते पञ्चासे ट्रेकिङ
२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us