>

साँचो ध्यान (Real Meditation) कार्यक्रम सम्पन्न !

एकदिने साँचो ध्यान कार्यक्रम सम्पन्न

(Real Meditation)
२०८२ पौष १२ गते प्रकृति प्रेमी समूह, निरोग-आनन्दधाम, दलचोकीमा एकदिने साँचो ध्यान कार्यक्रम सम्पन्न भयो।  वर्तमान संसारमा ध्यानका नाममा विभिन्न किसिमका अभ्यासहरू प्रचलनमा छन्।  तीमध्ये अधिकांश अभ्यास ध्यान केन्द्रित गर्ने (Concentration) अभ्यास मात्र भएका देखिन्छन। साँचो ध्यानको अभ्यास भएको विरलै देखिन्छ। ध्यान केन्द्रित गर्ने अभ्यासबाट मानिसलाई अस्थायी रिलेक्सेसन त हुन्छ तर तनावको विषयसँग जम्का भेट भएपछी फेरी तनावको तनावमै पर्छ। साँचो ध्यानको अभ्यास बिना मानिस सत्य बुझ्नबाट बन्चित नै रहन्छ र फलस्वरूप तनाव र दु:खका विविध रूपमा अल्मलि रहन्छ। आफ्नो, जीवन र जगतको सत्य नबुझेसम्म मानिस अलमलको अलमलमै रहन्छ। त्यही अलमलबाट मुक्त हुन सहयोग गर्न प्रकृति प्रेमी समुहले  साँचो ध्यान बुझ्न र अभ्यास गर्न सहयोग गर्न बेलाबेलामा साँचो ध्यानको कार्यक्रम आयोजना गर्ने गरेको छ।  साँचो ध्यान बुझ्न र अभ्यास गर्न चाहने सबैलाई साँचो ध्यान कार्यक्रममा सहभागी हुन प्रकृति प्रेमी समुहमा स्वागत छ !

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us