>

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम, योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !

राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रम
योग-स्वास्थ्य चेतनामूलक प्रभातफेरी !
=====================
११ औं राष्ट्रिय योग दिवस साताव्यापी कार्यक्रमअन्तर्गत २०८२ माघ ३ गते बिहान योग तथा स्वास्थ्य चेतना फैलाउने उद्देश्यले सातदोबाटो, निरोगधामदेखि तल्छिखेल, नखीपोट, नख्खु खोला, खोकनादोबाटो, बुङ्गमति, कार्यविनायक, खोकना, भैंसेपाटी, सातदोबाटोसम्म र त्यहाँबाट फेरी सातदोबाटोसम्म १२ किमी प्रभातफेरी (मर्निङ्ग वाक) कार्यक्रम सम्पन्न भयो। प्रकृति प्रेमी समूह, आस्वा आहा योग स्वाध्याय अभियानका अभियन्ता तथा स्वाध्यायार्थीहरु सहभागी सो कार्यक्रममा योग-स्वास्थ्यवर्द्धक नारा तथा गीतले जनसमुदायलाई उचित आहार, विहार र विचार तथा योग अभ्यास गरी निरोगी, आनन्दित र स्वतन्त्र जीवन यापन गर्न सचेत र प्रेरित गरिएको थियो। ऐतिहासिक बस्ति बुन्गमति र खोकना परिक्रमा गर्दा स्थानीय जनता उत्सुकतापूर्वक मुस्कानसहित स्वागत मुद्रामा देखिन्थे। प्रभातफेरीमा सहभागीहरुलाई खोकना योग-व्यायाम स्वाध्यायाशालाका सदस्यहरुले रोज्मेरिको चिया र स्वास्थ्यवर्द्धक आटाको केक नास्ता गराउनु भएको थियो।
चेतनामूलक प्रभातफेरी कार्यक्रममा सहभागी हुन भएका योग अभियन्ता तथा स्वाध्यायार्थीहरु र नास्ता तयार गर्न सहभागी खोकनाका योग अभियन्ता तथा स्वाध्यायार्थीहरुलाई हार्दिक धन्यवाद !
राष्ट्रिय योग दिवस वहु दिवसिय कार्यक्रम अन्तर्गत दैनिक योग-व्यायाम साथै योग दिवससम्बन्धि छोटो कार्यक्रमहरु भैरहेका छन। यस अन्तर्गत पौष १२ गते दलचोकी गोठ भन्ज्यांग मा. वि. का गुरुजन र विद्यार्थीहरुका लागि निरोग-आनन्दधाममा एक दिवसीय योग तथा स्वास्थ्य ज्ञानवर्द्धक कार्यक्रम हुँदैछ।
२०८२ पौष १७ गते शनिवार आस्वा आहा योग अभियन्ता तथा स्वाध्यार्थीहरुको चेतनावार्द्धक रमाईलो “पिकनिक-हाइकिङ्ग” नल्लु पाथीभरादेखि निरोग-आनन्दधामसम्म छोटो हाईकिङ्ग गर्ने र निरोग-आनन्दधाममा ज्ञानवर्द्धक रमाईलो कार्यक्रम गर्ने योजना छ।
 

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us