२०८२ कात्तिक २९ गते
=============
प्रकृति प्रेमी समुहको आवासीय भवन, आस्वा आहा, उआविवि, साँचाे ध्यान स्वाध्याय आश्रम, निरोग-आनन्दधाम दलचोकीमा
प्रकृति प्रेमी समुहको २३ औं साधारण सभा सभ्य, भव्य र उल्हासपूर्वक सम्पन्न !
प्रकृति प्रेमी समूह २४ वर्ष पार गरी २५ औं वर्षमा प्रवेश !
रजत महोत्सवको उपलक्षमा घरघरमा आ. डा. (आफ्नो डाक्टर) तयार हुन सहयोग पुर्याउन
“निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर भएँ ?”
पुस्तक घरघरमा पुर्याउने !
कम्तिमा १०,००० प्रति पुस्तक वितरण गरेपछि
आफ्नो डाक्टर आफै हुन,
हरेक घर — निरोगधाम, हरेक घर निरोग-आनन्दधाम हुन
सहयोग पुर्याउन
“७ दिने आवासीय शिविर “दिशा बदले, दसा सप्रिन्छ !”
कार्यक्रम निशुल्क संचालन शुरु गर्ने !
साथै अन्य विविध महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने !


२०८२ कात्तिक २९ गते शनिबार,
निरोग-आनन्दधाम, दलचोकी
प्रकृति प्रेमी समुहको शितल निवास, निरोग-आनन्दधाम (आस्वा आहा, उआविवि, साँचो ध्यान स्वाध्याय आश्रम) दलचोकीमा प्रकृति प्रेमी समुहको २३ औं साधारण सभा दुई चरणमा सभ्य, भव्य र उल्हासपूर्ण वातावरणमा सम्पन्न भयो।
पहिलो चरण उद्घाटन सत्र बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म र दोस्रो ११:४५ बजेदेखि ४:०० बजेसम्म भएको थियो।
उद्घाटन सत्र कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरेन्द्रविक्रम लाखे सभापति र निरोग-आनन्दधाम रहेको कोञ्ज्योसम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा प्रमुख अतिथि र उपाध्यक्ष राजनप्रसाद घिमिरे विशिष्ट अतिथि हुनुहुन्थ्यो। प्रकृति प्रेमी समूह कार्य समिति सदस्य कृष्णलक्ष्मी बाराहीले कार्यक्रम संचालन गर्नु भएको थियो भने अतिथि तथा सहभागी आजीवन सदस्य मित्रहरुलाई स्वागत कार्यवाहक अध्यक्ष यशोदा दाहालले गर्नु भएको थियो। आजीवन सदस्य शेरबहादुर महर्जनले निराेग-आनन्दधामकाे गान गाएर स्वागत गर्नु भएकाे थियाे । आजीवन सदस्य तथा भक्तपुर जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी कमला ज्ञवालीले उचित आहार, विहार र विचार प्रयाेगबाट आफ्नाे जीवनमा आएकाे आमूल परिवर्तनकाे अनुभव प्रस्तुत गर्नु भएकाे थियाे । अतिथिहरुले आफू सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । आ. डा. उमेश श्रेष्ठले अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै “निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?” पुस्तक उपहार दिनु हुँदै पुस्तकमा व्यक्तिगत स्वास्थ्य कसरी ठीक राख्न सकिन्छ भन्ने कुरादेखि राज्य संचालनका निकायहरुमा बस्नेहरुले जनतालाई स्वस्थ बनाउन केके गर्नुपर्छ भन्ने कुरा पनि रहेको स्पष्ट गर्नु भयो। अन्तमा कार्यक्रमका सभापति पुरेन्द्र विक्रम लाखेले पहिलो चरण सम्पन्न भएको घोषणापछि कार्यक्रम सम्पन्न भयो।
१५ मिनेटको विश्रामपछि दोस्रो चरण, बन्द सत्र सुरु भयो। काबु बाहिरको विशेष कारणले संस्थाका सचिव रामदेवी महर्जन कार्यक्रममा उपस्थित हुन नसकेकोले कार्यक्रम संचालक कृष्णलक्ष्मी बाराहीले संस्थाको २०८१/०८२ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को कार्य योजना साधारण सभामा प्रस्तुत गर्नुभयो। संस्थाको २०८१/०८२ को आय-व्यय र आर्थिक स्थितिको आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ का लागि आय र व्ययको अनुमानित खाका (वार्षिक बजेट) संस्थाका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभयो। कार्य समिति सदस्य राजेश तुलाधरले लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सबै दस्तावेज प्रस्तुत भएपछि साधारण सभामा उपस्थित सदस्यहरु ५ समुहमा विभाजन भई प्रस्तुत दस्तावेजहरुमाथि वृहत छलफल गरियो। समुहगत रुपमा वृहत छलफल सम्पन्न भएपछि समुहका संयोजकहरुले आ-आफ्नो समुहमा भएका छलफलको सारांश र उठेका जिज्ञाशा र सुझाउ प्रस्तुत गर्नुभयो। ५ नं. समुहबाट राजु पुडासैनी, ४ नं. समुहबाट सन्तुष्टकुमार बस्नेत, ३ नं. समुहबाट हेमा श्रेष्ठ, २ नं. समुहबाट राजु व्यंजनकार र १ नं. समुहबाट कमला ज्ञवालीले आ-आफ्नो समुहबाट छलफलको सारांश, उठेका जिज्ञाशा र सुझाउहरु प्रस्तुत गर्नु भयो।
सबै समुहको प्रस्तुति सकिएपछि कार्यसमितिको तर्फबाट आ. डा. उमेश श्रेष्ठले जिज्ञाशाहरुको विस्तृत रुपमा स्पष्टिकरण दिनु भएपछि सबैको जिज्ञाशा शान्त भयो र आएका सुझाउहरु कार्य समितिले सहर्ष, सधन्यवाद ग्रहण गर्ने कुरा घोषणा भएपछि सबै दस्तावेजहरु सर्वसम्मतिबाट पारित भयो।
संस्थाका लेखापरीक्षकबारे उठेको जिज्ञाशामा पनि स्पष्टिकरणपछि साविक कै लेखापरिक्षक सि. ए. सुमन डंगोललाई नै आगामि आर्थिक वर्षका लागि पनि लेखापरीक्षक नियुक्ति गर्ने कुरामा सर्वसम्मति भयो।
यसप्रकार संस्थाको २३ औं साधारण सभा सभ्य, भव्य र उल्हासमय वातावरणमा सफलता पूर्वक सम्पन्न भयो।
२३ औं साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ संस्थाको रजत महोत्सव वर्ष भएकोले यस वर्षमा संस्थाले छलाङ्ग लगाउने योजना गरेको छ।
रजत महोत्सवको उपलक्षमा घरघरमा आ. डा. (आफ्नो डाक्टर) तयार हुन सहयोग पुर्याउन
“निरोग-आनन्दको रहस्य, म कसरी आफ्नो डाक्टर भएँ ?”
पुस्तक घरघरमा पुर्याउने !

कम्तिमा १०,००० प्रति पुस्तक वितरण गरेपछि
आफ्नो डाक्टर आफै हुन,
हरेक घर — निरोगधाम, हरेक घर निरोग-आनन्दधाम हुन
सहयोग पुर्याउन
७ दिने आवासीय शिविर “दिशा बदले, दसा सप्रिन्छ !”
कार्यक्रम निशुल्क संचालन शुरु गर्ने !
साथै अन्य विविध महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने !
प्रस्तुत छ २३ औं साधारण सभाका केही झलकहरु—




































पुस्तक वितरण अभियान !
=================
घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै हाेस् !
टाेलटाेलमा याेग-व्यायाम स्वाध्यायशाला हाेस् !
हरेक घर निराेगधाम, निराेग-आनन्दधाम हाेस् !
निराेगी नेपाल, स्वस्थ विश्व हाेस् !
हरेक व्यक्ति सार्वभाैमसत्तासम्पन्न स्वशासित हाेस !
स्वतन्त्र स्वशासित मानिसहरुकाे समाज स्थापित हाेस !
सबै क्षेत्रमा “आस्वा आहा (आफ्नाे स्वास्थ्य आफ्नै हातमा)” मन्त्र लागू हाेस् !
भन्ने उद्देश्यले
प्रकृति प्रेमी समूह संस्थाका संस्थापक आ.डा. उमेश श्रेष्ठले गर्नु भएकाे झन्डै चालिस वर्षकाे अध्ययन, अनुसन्धान, स्वअभ्यास, स्वपरीक्षणकाे फल
“निराेग-आनन्दकाे रहस्य”
“म कसरी आफ्नाे डाक्टर (आ.डा.) भएँ”
पुस्तककाे चाैथाे परिमार्जित संस्करण प्रकृति प्रेमी समूहद्वारा प्रकाशित भई धमाधम वितरण हुँदैछ । यस पुस्तकमा आधारभूत रुपमा “आफ्नाे डाक्टर आफै”हुन “स्वशासित स्वतन्त्र मानिस” हुन आवश्यक आधारभूत सबै ज्ञान समेटिएकाे छ ।
===========================
रकम जम्मा भएपछि निशुल्क डेलिभरी गरिने
============================
जम्मा १,२०० पृष्ठकाे साे पुस्तककाे अंकित मूल्य रु २,५००/- (दुईहजार पाँचसय मात्र) हाे । काठमाडौँ उपत्यकाभित्र रकम जम्मा भएपछि निशुल्क डेलिभरी गरिनेछ। काठमाडौँ उपत्यका बाहिर डेलिभरी शुल्कमा ५०% छूट दिइनेछ। पुस्तक लिन चाहने मित्रहरुले प्रकृति प्रेमी समूहकाे एनआइसी एशिया बैंक, सातदाेबाटाे शाखामा रहेकाे चल्ति खाता नं. 4141235997524003 मा प्रति पुस्तक रु. २,५००/- (दुईहजार पाँचसय मात्र) का दरले जम्मा गरी भाैचर प्रकृति प्रेमी समुहको मेसेन्जरमा वा ईमेल nirogsootra@gmail.com मा मेसेज गर्नुहुन अनुराेध छ । रकम जम्मा भएपछि मात्र डेलिभरी गरिनेछ । भौचरमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्न नबिर्सनु हुन पनि अनुरोध छ। अन्यथा डेलिभरी गर्न असमर्थ हुने हुन्छ।


पुस्तक वितरण अभियान !
“निरोग–आनन्दको रहस्य
म कसरी आफ्नो डाक्टर आफै (आ. डा.) भएँ ?“
पुस्तक वितरण अभियान !
कूल पृष्ठ : १,२००
प्रति पुस्तक सहयोगराशी : रु. २,५००/-
यस पुस्तक वितरणबाट हुने सम्पूर्ण बचत रकम
आफ्नो स्वास्थ्य आफ्नै हातमा लिन, आफ्नो डाक्टर आफै हुन सहयोग गर्न संचालित कार्यक्रम
७ दिने “दिशा बदले, दसा सप्रिन्छ, साँचो ध्यान शिविर”
आवासीय कार्यक्रम निशुल्क संचालन गर्न निरोग-आनन्दधाम निर्माण तथा संचालन कोषमा जम्मा गरिनेछ। यस पुस्तक कम्तिमा १०,००० (दशहजार) प्रति वितरण सम्पन्न भएपछि सो कार्यक्रम निशुल्क संचालन सुरु गरिनेछ !