>

प्रकृति प्रेमी समुहको पछिल्लो खबर !

प्रकृति प्रेमी समुहको पछिल्लो खबर !

१) २०८२ मंसिर २० गते

आस्वा आहा, उआविवि अन्तरक्रिया कार्यक्रम सम्पन्न !

================================

प्रकृति प्रेमी समूह, नयाँ निराेगधाम सदस्यहरुका लागि उचित आहार, विहार र विचार अपनाई सदा निराेगी, आनन्दित र स्वतन्त्र रहन सहयाेग पुर्याउन २०८२ मंसिर २० गते, महिनाकाे तेस्राे शनिबार, एकदिने प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम ललितपुर जिल्ला, काेञ्ज्याेसम गाउँपालिका, ३ नं. वडा दलचाेकीस्थित निराेग-आनन्दधाममा सम्पन्न भयाे । साे कार्यक्रममा सहभागी सदस्यहरुले सक्रियतापूर्वक अन्तरक्रिया गर्नु भएकाे थियाे । संस्थाका संस्थापक आ.डा. उमेश श्रेष्ठले उचित आहार, विहार र विचार तथा वैज्ञानिक रेकीबारे प्रशिक्षण सहजीकरण गर्नु भएकाे थियाे । संस्थाका नयाँ सदस्यहरुलाई यस कार्यक्रममा निशुल्क सहभागी हुन पाउने व्यवस्था छ । साथै त्यस दिनकाे खाना, खाजा र सातदाेबाटाे निराेगधामदेखि निराेग-आनन्दधाम दलचाेकीसम्म जान-आउन पनि कुनै शुल्क बुझाउनु पर्दैन । याे कार्यक्रम हरेक महिनाकाे तेस्राे शनिबार हुने गरेकाे छ ।

२०८२ मंसिर २६-२७ गते

आनन्दमय सप्ताहन्त (Weekened) कार्यक्रम सम्पन्न !

==================================

२०८२ मंसिर २६ र २७ गते (शुक्रबार र शनिबार) सदस्यहरुका लागि प्रकृति प्रेमी समूहकाे शितल निवास, “आस्वा आहा, उआविवि, साँचाे ध्यान स्वाध्याय आश्रम” निराेग-आनन्दधाम, दलचाेकीमा दुई दिने “आनन्दमय सप्ताहन्त (Weekened) कार्यक्रम” रमाइलाेसँग सम्पन्न भयाे । हप्ताकाे अन्तमा शुक्रबार अपरान्हदेखि शनिबार साँझसम्म हुने यस कार्यक्रममा साँगितिक तथा आस्वा आहा अन्तरक्रिया कार्यक्रम अनि याेग-व्यायाम तथा हाइकिंग पनि हुन्छ । यस कार्यक्रममा सहभागिहरुका लागि निराेग-आनन्दधाम पुग्नासाथ स्वागतमा राेजमेरी चिया र निराेगधाम केक प्रस्तुत गरिन्छ । दुईदेखि तीन छाक स्वस्थकर शुद्ध शाकाहारी उचित आहार सेट (खाना खाजा) साथै बिहान राेजमेरी/मिन्ट चिया पनि व्यवस्था हुन्छ । यस कार्यक्रमबाट  सदस्यहरुले उचित आहार-विहारसँगै रमाइलाे सप्ताहन्त बिताउने अवसर पाउँछन् । यस्ताे कार्यक्रम हरेक हप्ता हुन्छ, सहभागी हुन अनुकूल भए हरेक सदस्य सहभागी हुन सक्छन् ।

यसकाे अलावा आफूलाई पायक परेकाे बेलामा आई निराेग-आनन्दधाममा बस्ने, खाने र आफ्नै याेजनामा घुमघाम, हाइकिङ, ट्रेकिङ, याेग-व्यायाम, उचित आहार, विहार, विचार स्वाध्याय गर्न पाउने  व्यवस्था पनि छ । यसकाे लागि संस्थाकाे कार्यालय निराेगधाम सातदाेबाटाेमा सम्पर्क र समन्वय गर्नुपर्छ ।

२०८२ मंसिर २७

२०० ओैं मासिक चाैथाे शनिबारे हाइकिङ सम्पन्न !

===============================

उचित स्वास्थ्यज्ञान प्रचारप्रसार तथा स्वस्थ आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयाेग पुर्याउन प्रक्रिति प्रेमी समूहले २०६३ सालदेखि नियमित रुपमा चाैथाे शनिबार काठमाडाैं उपत्यका वरिपरि हाइकिङ कार्यक्रम संचालन गर्दै आइरहेकाे छ । केही असामान्य परिस्थितिमाबाहेक हरेक महिनाकाे चाैथाे शनिबार नियिमत हुँदै आएको यस कार्यक्रमको २०० औं शृंखला २०८२ मङ्सिर २७ गते तीनपाने भन्ज्यांग — भट्टेडाँडा राडर टावर — पार्क टावर – खुर्सानी बारी — निरोग-आनन्दधाम —दलचोकी टावर – मनकामना- निरोग-आनन्दधाम क्षेत्रमा सम्पन्न भयो।

संस्थाले हाल हरेक महिनाको दोस्रो शनिबार पनि नियमित मासिक हाइकिङ्ग गर्ने गरेको छ।  यसले  गर्दा सदस्यहरु हरेक महिनाको दुई पटक वा अनुकूल नभए हरेक महिनाको एक पटक भए पनि संस्थाको हाइकिङ्ग कार्यक्रममा सहभागी हुन पाउने भएको छ।
प्रकृति प्रेमी समुह संस्थाले सदस्यहरुलाई आ-आफ्नै स्थानीय हाईकिङ्ग समुह बनाई हाइकिङ्ग जान पनि प्रेरित गर्दै आएको छ।  प्रकृति प्रेमी समुहबाट नियमित हाईकिङ्ग गर्ने विधि सिकेर अहिले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा हाईकिङ्ग समुहहरु संचालनमा आएका छन्। अझ ठाउँ-ठाउँमा यस्ता हाईकिङ्ग समुहहरु स्थापित होस् र बिदाका दिनहरुमा डाँडाकाँडा गाउँघर, बन-जंगलतिर हाइकिङ्ग गरी शरीर स्वस्थ र बलियो बनाउनुका साथै आन्तरिक स्वस्थ पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने काम होस् भनि हामी आव्हान गर्छौं। यसको लागि हाइकिङ्ग गर्ने क्रममा उचित आहार-विहार पालना गर्ने काम होस् भन्ने पनि हाम्रो आव्हान छ ! उचित आहार-विहार विनाको हाइकिङ्ग्ले अस्वस्थ मनोरंजन र आर्थिक वृद्धि त हुन्छ तर मानिसको आचार-विचार भ्रष्ट भई स्वास्थ्य पनि बिग्रन्छ।  साथै मानिसहरुबीचको सम्बन्ध पनि अस्वस्थ हुन्छ। मानिसका हरेक गतिविधि स्वास्थ्यको कोणबाट हुनुपर्छ, त्यसो नभए रोग-दु:ख र अशान्तिले घर गर्छ। उचित आहार, विहार र विचार नै सदाबहार निरोग-आनन्द र दीगो मानसिक शान्तिको अचूक मार्ग हो भन्ने कुराले मानिसका हरेक गतिविधि निर्देशित भए मानिसले खोजेको, मानिसलाई चाहिने कुरा प्राप्त हुन्छ ! आस्वा आहा ! उआविवि !

 

More Blogs

२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !
पिकनिक-हाईकिङ्ग उल्हासपूर्वक सम्पन्न ! माघ २४ चौथो शनिबार भोटेचौर चियाबारी र सो वरिपरी हाइकिङ्ग !
योग-स्वास्थ्य चेतनामूलक एक दिने कार्यक्रम प्रकृति प्रेमी समूह निरोग-आनन्दधाममा सम्पन्न !
२०८२ माघ १७ — पिकनिक-हाइकिङ्ग !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us