राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु ===================================================
२०८२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवसका साप्ताहिक तथा वहुदिवसीय कार्यक्रमहरु विविध रुपमा गर्ने योजना प्रकृति प्रेमी समुहले गरेको छ :—
१) माघ १ गते देखि साप्ताहिक रुपमा हरेक दिन आ-आफ्नो योग-व्यायाम स्वध्यायशालामा नियमित योग-अभ्यासकासाथै स्थानीय स्थितिअनुसार राष्ट्रिय योग दिवसको छोटो कार्यक्रम गरी मनाउने।
उक्त दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट ८ बजे पेप्सी चोकदेखि प्रभात पदयात्रा गरी सानोठिमीस्थित मध्यपुर युथ एसोसिएसनको खेलकुद प्राङ्गणमा पुगी विभिन्न कार्यक्रम गरी रास्ट्रिय योग दिवस मनाउने कार्यक्रम रहेको हुँदा सो कार्यक्रममा सहभागी हुन समय अनुकूल हुने सम्पूर्ण सदस्यहरु तथा योगप्रेमी मित्रहरु माघ १ गते बिहान ८ बजे पेप्सिचोकबाट शुरुहुने प्रभातफेरीमा सहभागी हुन अनुरोध छ।
२) २०८२ माघ ३ गते योग चेतना अभिवृद्धि गर्न शनिबार बिहान ६ बजेदेखि ३-४ घन्टाको प्रभातफेरी पदयात्रा निरोगधाम सातदोबाटोदेखि ताल्छिखेल, नखिपोट, नख्खु, छ्यासिकोट, खोकना, कार्यविनायक, बुङ्गमति, नख्खु खोला, कुलोबाटो, नखिपोट, टुटेपानी, निरोगधामसम्म पदयात्रा गर्ने गर्ने कार्यक्रम छ। सो कार्यक्रममा सहभागी हुन माघ २ गते २ बजेभित्र सम्बन्धित योग अभियन्ता मार्फत वा आफैले निरोगधाम सातदोबाटोमा नाम टिपाउनु हुन अनुरोध छ।
३) माघ १२ गते राष्ट्रिय योग दिवस वहुदिने कार्यक्रमअन्तर्गत ललितपुर जिल्ला, कोंज्योसोम गाउँपालिका, वडा नं. ३ दलचोकी स्थित गोठ भन्ज्याङ्ग मा. वि. का शिक्षक तथा विद्यार्थिहरुका लागि योग चेतनावर्द्धक कार्यक्रम निरोग- आनन्दधाम दलचोकीमा गर्ने।
४) माघ १७ गते शनिबार राष्ट्रिय योग दिवस वहुदिवसीय कार्यक्रमअन्तर्गत आस्वा आहा योग स्वाध्यायार्थीहरु तथा ईच्छुक योग शुभेच्छुकहरुका लागि “पिकनिक हाइकिङ्ग” आयोजना गर्ने योजना गरिएको छ। सो “पिकनिक हाइकिङ्ग” ललितपुर जिल्ला कोंज्योसोम गाउँपालिका वडा नं. ४ नल्लु खोलादेखि नल्लु पाथीभरा मन्दिर र त्यहांबाट सिरुडाँडा, गोठ भन्ज्यांग, मनकामना, निरोग-आनन्दधामसम्म हाइकिङ्ग गर्ने र निरोग-आनन्दधाममा भोजन गरी “पिकनिकका स्वास्थ्यवर्द्धक रमणीय कार्यक्रमहरु” गरिनेछ।

तपाइँले लिनु भयो ? पढ्नु भयो ?
====================
घरघरमा आफ्नाे डाक्टर (आ.डा.) आफै बनाउने पुस्तक !!
“निरोग-आनन्दको रहस्य, म कसरी आ. डा. (आफ्नो डाक्टर) भएँ ?”
नेपालभर निशुल्क डेलिभरी !
धमाधम वितरण भैरहेको छ !
सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर

१,२०० पृष्ठकाे यो पुस्तककाे मूल्य रु २,५००/- (दुईहजार पाँचसय मात्र) हाे । पुस्तक लिन चाहने मित्रहरुले प्रकृति प्रेमी समूहकाे एनआइसी एशिया बैंक, सातदाेबाटाे शाखामा रहेकाे चल्ति खाता नं. 4141235997524003 मा प्रति पुस्तक रु. २,५००/- जम्मा गरी भाैचर प्रकृति प्रेमी समुहको https://www.facebook.com/prakritipremee.samuha मेसेन्जरमा वा ईमेल nirogsootra@gmail.com मा मेसेज गर्नुहुन अनुराेध छ । रकम जम्मा भएपछि नेपालभर घरसम्मै डेलिभरी गरिनेछ । भौचरमा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्न नबिर्सनु हुन पनि अनुरोध छ। सम्पर्क : ०१ ५४४१९९१, निरोगधाम, सातदोबाटो, ललितपुर ।
