>

गुईटोलमा “आस्वा आहा योग-व्यायाम स्वाध्याय सुरु” !

गुईटोलमा  योग-व्यायाम अभिमुखीकरण कार्यक्रम सम्पन्न ! 
“आस्वा आहा योग-व्यायाम स्वाध्याय सुरु” !
======================
२०८३ वैशाख १७ गते साँझ ललितपुर महानगरपालिका वडा नं. ८ गुईटोलमा “आस्वा आहा योग-व्यायाम” सुरु गर्न अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। सो कार्यक्रममा प्रकृति प्रेमी समुह, आस्वा आहा योग-व्यायाम स्वाध्याय अभियानका संयोजक न्हुछेमान महर्जनले योग व्यायाम किन गर्नुपर्ने र गरेर के फाइदा हुन्छ भन्नेबारेमा प्रकाश पर्नु भयो। उहाँले भन्नु भयो—
“योग-व्यायाम शरीर बलियो र लचिलो हुन्छ जसले गर्दा स्वस्थ रहन सहयोग पुग्छ। योग-व्यायाममा मात्र सिमित रहनु हुँदैन योग शिक्षा पनि ग्रहण गर्नुपर्छ जसले गर्दा मन सफा हुन्छ।  शरीर बलियो र लचिलो हुनाका साथै मन पनि सफा भयो भने शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ हुन्छ।”
सो कार्यक्रममा प्रकृति प्रेमी समुहका संस्थापक आ. डा. उमेश श्रेष्ठले योग-व्यायाम सुरु गर्नुअघि र गर्दागर्दै अपनाउनुपर्ने सावधानी र नियमहरु तथा मन सफा गर्ने ६ वटा उपायबारे प्रष्ट्याउनु भयो। उहाँले भन्नुभयो —
“मन सफा भयो भने जीवनभर हाँसेर बाँच्न पाइन्छ साथै अरुलाई पनि हाँसेर बाँच्न सहयोग गर्न सकिन्छ। मन सफा भएपछि मनमा रिस, चिन्ता, बेईमानीले बास गर्न छोड्छ र अरुप्रति कृतज्ञता, प्रेम, सम्मान र प्रकृतिको सत्यले मन भरिन्छ जसले गर्दा सबैतिर सबैसँग मैत्रीपूर्ण र सौहार्द्रपूर्ण सम्बन्ध कायम हुन्छ ।”
सो कार्यक्रममा ८ नं. वडाका वडाध्यक्ष बाबुरत्न महर्जनले योग-व्यायामको आर्थिक फाइदाबारे प्रष्ट्याउनु भयो।  उहाँले भन्नु भयो—
“नियमित योग-व्यायामले रोग लाग्दैन।  रोग नलागेपछि उपचारमा खर्च गर्नु पर्दैन। खर्च गर्नु नपरेपछि बचत हुन्छ। यसले गुमाउरो रुपमा समृद्धिमा सहयोग पुग्छ। त्यसैले यहांहरुले नियमित योग-व्यायाम गर्नुहोस्, वडा कार्यालयले चाहिने सहयोग गर्छ।”
सो कार्यक्रमका सभापति तथा गुईत माँ पुच: (गुईटोल आमा समुह) क अध्यक्ष अनिता महर्जनले माँ पुच: स्थापना भएको रजत वर्षमा योग-व्यायाम आयोजना गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले आमा समुहले आयोजना गरेको भएपनि महिला पुरुष सबै टोलबासी नियमित योग-व्यायाममा सहभागी हुन आव्हान गर्नु भयो।
सो कार्यक्रम गुईत: माँ  पुच:का सचिव ज्ञानिश्वरी महर्जनले संचालन गर्नु भएको थियो।
“घर-घरमा आ. डा. — टोल-टोलमा योग-व्यायामशाला” अभियान  अन्तर्गत प्रकृति प्रेमी समुहले टोल-टोलमा योग-व्यायाम संचालन गर्न सहयोग गर्दै आएको छ। यसको लागि योग-व्यायाम संचालन गर्न ईच्छुक टोलहरुले प्रकृति प्रेमी समुह, निरोगधाम, सातदोबाटोमा सम्पर्क गर्न अनुरोध छ।
  
तपाईंले पढ्नु भयो ?
आफ्नो स्वास्थ्यको मालिक आफै बन्न सहयोग गर्ने पुस्तक

More Blogs

प्रकृति प्रेमी समुहको पछिल्लो खबर : चैत्र १४ गते हाइकिङ्ग, १३ — १५ गते पन्चासे ट्रेक्किंग सम्पन्न !
दिशा बदले, दसा सप्रिन्छ ! सात दिने साँचो ध्यान शिविर !
२०८२ चैत्र १३, १४ र १५ गते पञ्चासे ट्रेकिङ
२०२ औं मासिक प्रकृति प्रेमी हाइकिङ्ग २०८२ माघ २४ ! सबैलाई स्वागत छ !

Welcome to prakriti premi samuha, a multidimensional organization dedicated to overall health.

Get in touch

Phone Number

01-5441991

Email Address

nirogsootra@gmail.com

Address

Lalitpur,Satdobato,

Follow us